सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

जाडोका परिकार

होस्ट खबर by होस्ट खबर
४ पुष २०७६, शुक्रबार
252
SHARES
475
VIEWS
FacebookTwitter
जाडोका परिकार

बादलले आकाश धमिल्याउँदै छ । घाम लाग्दैन । जाडो मौसमको छनक पाउनेबित्तिकै अरूलाई जस्तै गायिका सुनीता दुलालको मनले पनि केही तातो परिकार खाने चाहना राख्छ । अर्गानिक, हेल्दी र मिठो परिकार के होला रु

थुप्रै पटक विदेश घुमफिर गर्दा अनेक स्वादका परिकार चाखे पनि उनी नेपाली मौलिक खानाको मिठास कहिल्यै भुल्न सक्दिनन् । त्यसैले उनी जाडोले अलि बढी नै छोप्दा भान्सामा गुन्द्रुक पकाउने निधो गर्छिन् ।

होम साइन्सको विद्यार्थीसमेत रहेकी उनलाई पकाउन अल्छी लाग्ने कुरै भएन । भटमास मिसाएको गुन्द्रुकको झोल खाँदा जाडो त्यसै भाग्ने उनको अनुभव छ । गुन्द्रुक पकाउने सुनीताको आफ्नै रेसिपी छ । भटमासमा थोरै तेल हालेर भुट्ने । अदुवा, प्याज, लसुनजस्ता मसला मिक्स गरेर पिस्ने । भुटेको भटमास र गुन्द्रुक प्याजसँगै एकनासले फ्राई गर्ने । ‘कसैले टमाटर राखेको मन पराउँदैनन्,’ उनी भन्छिन्, ‘म चाहिँ अलि अमिलो, पिरो खाने हुँदा टमाटर र खुर्सानी मज्जाले राख्छु ।’

गुन्द्रुक पकाउँदा सुनीताले एउटा नेपाली उखान चाहिँ जहिले सम्झेकी हुन्छिन् । ‘गुन्द्रुक पकाउन र साली फकाउन गाह्रो हुँदैन भन्छन्,’ उनी हाँस्दै थप्छिन्, ‘भुलुक्क उमालेपछि तातो सुप खान तयार भइहाल्छ ।’ जाडो मौसममा गुन्द्रुकको झोल खाँदा स्वादिलोसँगै चिसो हराएको अनुभव हुने सुनीता दाबी गर्छिन् । यी बाहेक, चाकु, तरुल, सखरखण्ड जस्ता कन्दमूल उसिनेर खाँदा स्वाथ्यमा समेत लाभदायक हुने उनी बताउँछिन् ।

माघीको रौनक जारी छ । सहरमा शनिबार माघी महोत्सव नै भयो । उता लिम्बू समुदायमा ‘कक्फेवा तङनाम’ जारी छ । सुनीताले भनेजस्तै प्रायस् यी पर्वका खानामा पनि कन्दमूल छुट्दैन । जाडोको यस्तै परिकारमा रमाउनेमध्ये पर्छिन् अभिनेत्री वर्षा राउत पनि । पकाउने कुरामा उनी बाध्यतामा छैनन् । ‘प्रायस् आमाकै हातले पकाएको खान्छु,’ उनी भन्छिन्, ‘रहर लागे कहिलेकाहीँ किचनमा पनि सघाउँछु ।’ जाडोमा उनको मनपर्ने परिकार गहतको दाल हो । यो चाहिँ आफैं पनि पकाउने गर्छिन् । गहतको दाल अदुवामा झानेर खानासँग खानु जाडो लागेपछिको नियमित रुटिन जस्तै रहेको उनी बताउँछिन् । ‘गहतको सुप कहिल्यै छुटदैन जाडोमा,’ थप्छिन्, ‘आफैं बनाएर भए पनि खाने गर्छु ।’

वर्षाको रोजाइ र चित्रकार ज्योतिप्रकाश बीकेको चिसो मौसमको परिकार उस्तै रहेछ । ज्योति गहतको दालमा अदुवासँगै लसुनका सिंगै पोटी राख्छन् । मज्जाले उमालेपछि तातो सुपको स्वाद मिठो हुने उनको अनुभव छ । चिसो मौसममा क्यानभास चलाउनुपर्दा आन्तरिक इनर्जीको खाँचो हुन्छ । उनी बिहानदेखि स्टुडियोमा क्यानभास पोत्न थाल्छन् । त्यसबेला उनकी पत्नीले पकाएको गहतको रस सुरुप्प पिउँदै कुची चलाउनुको आनन्द बेग्लै लाग्छ उनलाई । ‘पत्नीले जाँगर गरिन् भने खान पाइन्छ,’ उनी थप्छन्, ‘नभए, आफैं पकाउने ढंग छैन ।’ तर, अदुवा र लसुन काट्ने काममा चाहिँ उनी आफ्नी पत्नीलाई सघाउने गर्छन् ।

कवि विमला तुम्खेवालाई जाडोको मनपर्ने परिकार के भनेर सोध्यो भने उनी दिल खोलेर हाँस्छिन्, र भन्छिन्, ‘लिम्बूकी छोरी तोङबा नै खाइन्छ ।’ कोदोबाट बनेको हुनाले त्यसको रस खाँदा स्वास्थ्यमा फाइदा हुने उनको विचार छ । तातो पानी मिसाउँदै खाँदा विमला मनैदेखि गर्मीको महसुस गर्छिन् । ‘हाम्रा पुर्खाले त्यसै तोङबा बनाएका रहेनछन्,’ उनी थप्छिन्, ‘तोङबा खाएपछि जाडो कता हराउँछ हराउँछ ।’ विमलाले कहिलेकाहीँ घरमै तोङबा बनाउँछिन् । नहुँदा बजारबाट ल्याएर भए पनि जाडोभरि कहिल्यै छुटाउँदिनन् ।

कलाकार कमलमणि नेपालको जाडोको मिठो परिकार मकै र भटमास हो । आकाश खुलेर घाम लागेको छ भने उनी सुन्तला खाने गर्छन् । अँध्यारो बादलले छोपेको मौसममा चिसो बढ्न थालेपछि भने कमल भान्सामा मकै नै भुट्न जान्छन् । ‘मकै जति चपायो उति मिठो स्वाद आउँछ,’ उनी भन्छन्, ‘सुन्तलाचाहिँ घाम लाग्दा मात्रै खान्छु ।’ कान्तिपुर

Related Posts

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का
परिकार/खाना

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?
परिकार/खाना

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)
Videos

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)
Videos

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

यो हो क्यारोट पम्किन सुप !
परिकार/खाना

यो हो क्यारोट पम्किन सुप !

कर्णालीमा सिस्नुको चाउचाउ !
परिकार/खाना

कर्णालीमा सिस्नुको चाउचाउ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

४ पुष २०७६, शुक्रबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

४ पुष २०७६, शुक्रबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

४ पुष २०७६, शुक्रबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

४ पुष २०७६, शुक्रबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

४ पुष २०७६, शुक्रबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

४ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.