इंग्ल्यान्डको डेभोन प्रशासनिक क्षेत्रमा पर्ने टोर्की शहरमा जोस वाट्सनले केही हाँस पालेका छन्। डेभ नामक भाले हाँसले अहिले विश्वव्यापी चर्चा पाएको छ। अतिकामुकताका कारण उसले लिंग गुमाउनुपर्यो।
हाँसधनी जोसका अनुसार डेभ असामान्य रूपमा सम्भोगमा लीन हुन्थ्यो। ‘ऊ कति कामुक थियो भने दिनमा १० चोटि सम्भोग गथ्र्यो,’ उनले भने, ‘डोरा, एडिथ र फ्रेडा नामक पोथी हाँसका वरिपरि ऊ चौबीसै घण्टा घुमिरहेको हुन्थ्यो।’
अतिशय संसर्गका कारण डेभको लिंगमा नराम्रो संक्रमण भएको थियो। पशु–चिकित्सक सोन्या माइल्सले डेभलाई एन्टिबायोटिक खुवाइरहेकी थिइन्। जोसलाई हरेक दिन उसको लिंग सफा गरिदिन अह्राएकी थिइन् र उसलाई पोथी हाँसबाट टाढा राख्न भनेकी थिइन्। हाँसधनीले पशु–चिकित्सकले भनेबमोजिम गर्ने प्रयत्न नगरेका होइनन्। तर, कामुक डेभले आफ्नो पारा सुधारेन। परिणामतः संक्रमणका कारण उसको लिंग छेदन गर्नुपर्यो।
जोसका अनुसार डेभले स्वास्थ्यलाभ गरिरहेको छ, तर उदास छ। ‘मलाई लाग्छ– ऊ अत्यन्त उदास भएको छ,’ जोसले भने, ‘ऊ सेक्सोहोलिक हो। उसको काम वासना उच्च छ। दिनमै तीन वटी हाँससँग १० चोटिसम्म सम्भोग गथ्र्यो। कहिलेकाहीँ त अझ बढी १ उसका पोथी पार्टनरले उसलाई मन पराउँछन् तर बेला–बेला दिक्क मान्छन्।’
जोसले डेभका लागि बाह्रै मास मेटिङ सिजन (मैथुन याम) भएको बताए। ‘सामान्यतया हिउँदमा हाँसले संसर्ग गर्दैन,’ उनले भने, ‘तर, डेभका लागि हिउँद, न बर्खा १ बाह्रै मास ऊ सम्भोग गथ्र्यो।’
पशु–चिकित्सक सोन्याले डेभको शल्यक्रिया गरेकी हुन्। ‘अतिसम्भोगका कारण डेभको लिंगमा नराम्रो संक्रमण भएको थियो,’ उनले भनिन्, ‘अनि त उसको लिंग काटेर फाल्नुबाहेक अर्को विकल्प थिएन।’