शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

यस्ता छन् मुखै रसाउने थकाली परिकार

होस्ट खबर by होस्ट खबर
४ पुष २०७६, शुक्रबार
633
SHARES
719
VIEWS
FacebookTwitter
यस्ता छन् मुखै रसाउने थकाली परिकार

थकाली खाना भन्नासाथ मुख नमिठ्याउने को होला? ससाना भोजनालयदेखि पाँचतारे होटलको मेनुमा समेत थकाली खानाको परिकारबारे उल्लेख गरिएको हुन्छ। नेपालको मध्य उत्तरी भाग हिमालपारिको मुस्ताङ जिल्लालाई आफ्नो उद्गमस्थलको रुपमा मान्यता दिने थकाली जातिले नै थकाली खानाले धैरैलाई फरक स्वाद दिइरहेका छन्।

नेपालको पहाडदेखि तराई, पूर्वदेखि पश्चिमका ठाउँठाँउमा नेपालीले थकाली खाना पाएसम्म प्राथमिक दिने गर्दछन्। सायद यसै कारणले धेरै भोजनालयको विज्ञापन, प्रचारप्रसार गर्दा आकर्षक भाषामा थकाली खान पाइन्छ भनेर लेखिएको पाइन्छ। थाकखोलाको उच्च हिमाली भेगमा चामल उत्पादन हुँदैन तर पनि थकालीहरूले त्यहीका वस्तुबाट तयार पारिएको खानामा बिर्सन नसकिने स्वाद मिठासको जति चर्चा गरे पनि कम नै हुन्छ।

सरसफाइलाई प्राथमिकतामा राख्ने थकाली जातिले खाना पकाउने भान्छाघर, खाना खाने ठाउँको साथसाथै प्रयोग गरिने थाल, कचौरा, भाडाकुडा पनि पुख्यौर्ली शैलीमा सजाउनाले थप आकर्षण देखिन्छ।

खानाको स्वाद, नरम भात, मुस्ताङ्गे बोडी, कालो दाल, मुला, गोलभेडा, लसुनको अचारका परिकार, जिम्बु, टिमुरको पिरो (छोप)को वासनाले खानालाई थप स्वादिष्ट बनाइदिन्छ। अधिकांश थकाली खाना मन पराउनेहरू दोहर्‍याइ तेहर्‍याइ खानाको स्वाद लिने गर्दछन्। स्वादिष्ट खाना खान आउने अतिथिलाई शिष्ट व्यवहार देखाउने थकालीको पुख्यौर्ली संस्कार नै हो।

हिमाली उच्च भागमा फल्ने फापर, आलु र मेथीको बिषेश महिमा छ।फापरलाई ढुङाघट्मा पिंधेर बनाइएको पिठोबाट तयार गरिएको ढिंडोको स्वाद आफ्नै प्रकारको छ। जो आजकाल ढिंडो खाने चलन पनि निकै लोकप्रिय भएको छ। यो स्वास्थका लागि धैरै उपयोगी मानिन्छ। यस्तै, फापरको पिठोबाट अनेक खानाका परिकार तयार गरिन्छन्।

चिसो हावापानीमा हुने आलुको मिठास स्वादमा धेरै खानाका परिकार तयार गरिन्छन्। फापरको सागबाट तयार गरिएको सुप पनि स्वादिष्ट हुन्छ। जसको थकाली खानामा आफनै पहिचान छ। वास्तवमा थकाली खानाले एक प्रकारको ब्राण्ड लिइसकेको छ। जहाँ पनि खानाको चर्चा हुँदा थकाली खाना खानेबारे खोजीनिति हुन थाल्छ।

थकालीको मुख्य पर्व भनेको फागुपूर्णिमा हो । पितृलाई पूजा गरी ३ दिनसम्म रमाइलो गरी मनाइने यो पर्वमा थकालीका सबैजसो परिकार हरेकका घरमा पाक्छन् । यतिबेला नभई नहुने परिकार लेपोखु हो । जुन खसीको टाउकाको आँखा, कान, जिब्रो आदिबाट तयार पारिन्छ ।

थकाली परिकार नेपालको परम्परागत परिकारमध्ये सर्वाधिक प्रचलित परिकार हो । वास्तवमा थकाली खाना मुस्ताङका थकाली जातिको परम्परागत खाना हो । थकाली खानामा सामान्यतया घिउ हालेको मसिनो चामलको भात वा ढिँडो हुन्छ । त्यस्तै मुस्ताङी कालो दाल, साँधेको गुन्दु्रकको अचार, मिक्स अचार, मौसमी तरकारी, साग, सलाद, मोही, दही तथा कुखुरा वा खसीको मासु समावेश गरिन्छ । फराकिलो थालको बीच भागमा भात र वरिपरि १२ वटा स–साना आइटम राखिने थकाली खाना खान पनि उत्तिकै मज्जा आउँछ ।

खानाको स्वाद, नरम भात, मुस्ताङ्गे बोडी, कालो दाल, मुला, गोलभेंडा, लसुनको अचार, जिम्बु, टिम्मुरको पिरो (छोप) को वासनाले थकाली खानालाई थप स्वादिष्ट बनाउँछन् ।

अचारमा प्रयोग गरिने टिम्मुरले पनि थकाली खानालाई फरक स्वाद दिन्छ । त्यस्तै खाना थप स्वादिष्ट बनाउन मुला, गोलभेंडा, लसुनको अचारका विभिन्न परिकार तथा टिम्मुरको पिरो प्रयोग हुन्छ । त्यसैगरी उच्च हिमाली भागमा फल्ने फापर, आलु तथा मेथीको अलग महत्त्व छ ।

फापरबाट बनेको ढिँडो थकालीहरुको विशेष परिकार हो । पिठोलाई उम्लिरहेको पानीमा हाली काठको दाबिलाले मस्काइन्छ । आगो सानो बनाएर केही समय चलाएपछि केही मिनेट छोपेर राख्नुपर्छ । यसरी पकाइएको ढिँडो मासु, अचार, दाल तथा तरकारीसँग खान सकिन्छ ।

केही थकाली परिकार

लेप्पखु

खसीको टाउकाको आँखा, कान, जिब्रो, गिदीलाई राम्रोसँग सफा गरेर मसिनो गरी काट्ने । तेल तताएर आँखा, कान तथा जिब्रोलाई मज्जाले भुट्ने । जिरा, नुन, बेसार, खुर्सानी तथा अदुवा र लसुनको पेस्टलाई पनि सँगै भुटेर पानी हाली छोपेर पकाउने । पाक्न थालेपछि गिदीमा चुक र उवाको पिठो हाली मोल्ने र त्यसमा पानी हालेर एकछिन पकाउने ।

कन्छेम्ब

नुनपानी उमालेर फापरको पिठो हाली ढिंडोजस्तै बनाउने । थालमा राखेर हातमा तेल दली सेप दिँदै घिउमा तार्ने ।

भोटो

पिठोमा पानी हाल्दै मुछ्ने र गोलो सेप दिएर उमालेको पानीमा हाल्ने । पाकेपछि झिकेर घिउमा टिम्मुर तथा छोप हाली एकछिन भुट्ने ।

म्हाल्दा

नुन, पानी तथा घिउलाई उमाल्ने । थोरै उवाको पिठो हाली चलाउँदै पकाउने । सबै पानी सुकेर घिउ निस्किएपछि म्हाल्दा खानका लागि तयार हुन्छ ।

मुलाको अचार

लामो आकारमा मुला काट्ने । नुन मोलेर मुलालाई एकछिन राखी पानी निकाल्ने । तिल, नुन, खुर्सानी, लसुन तथा चुक हालेर मोली तेल, मेथी तथा बेसारका साथ झान्ने ।

टस्यखु

यो खसीको टाउकोमा नुन, लसुन तथा टिम्मुर हाली उमालेर तयार पारिने परिकार हो ।

ढाप्रा

सुकाइएको फापरको सागलाई घट्टमा पिसी पाउडर बनाएर दाल तयार गरिन्छ ।

फारो दाल

सेतो सिमी भुटेर बोक्रा फाली घट्टमा मैदाजस्तै पिसेर घिउमा भुटेर दाल पकाइन्छ । यो दाल थकालीको स्पेशल दाल हो ।

आलुंखु

यो थकालीहरूले जाडो महिनामा खाने परिकार हो । दसैंताका नै जाडो सुरू हुने भएकाले यो परिकार धेरैजसोको घरमा पाक्छ । यसमा मुला, छुप्री, हरियो साग तथा फापरको पिठो मुछेर सँगै पकाइन्छ ।

Related Posts

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का
परिकार/खाना

व्यापारीले मकैको मूल्य घटाउँदा किसानलाई मर्का

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?
परिकार/खाना

के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)
Videos

सुर्खेत उपत्यकामा खानेपानीको अभाव,हप्तामा १ दिन मात्र आउँन्छ पानी (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)
Videos

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

यो हो क्यारोट पम्किन सुप !
परिकार/खाना

यो हो क्यारोट पम्किन सुप !

कर्णालीमा सिस्नुको चाउचाउ !
परिकार/खाना

कर्णालीमा सिस्नुको चाउचाउ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

४ पुष २०७६, शुक्रबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

४ पुष २०७६, शुक्रबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

४ पुष २०७६, शुक्रबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

४ पुष २०७६, शुक्रबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

४ पुष २०७६, शुक्रबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

४ पुष २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.