घोराही : दाङमा एक बर्षको अबधीमा २ सय २४ वटा मानव अधिकार हनन्का घटनाहरु भएको इन्सेकले जनाएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को इन्सेक दाङले बार्षिक प्रतिबेदन बुधबार घोराहीमा सार्वजनिक गर्दै एक बर्षमा २ सय २४ वटा मानव अधिकार सँग जोडिएका घटना भएको जनाएको हो ।
जस अन्तरगत आस्थाका आधारमा व्यक्ति गिरफ्तार देखी नागरिक बेपत्ता पार्ने सम्मको मानब अधिकार हनन्का घटना भएको इन्सेक प्रतिनिधी जेएन सागरले जानकारी दिए । यो बर्ष १ सय ७९ घटना गैरराज्य, ३५ राज्य र १० वटा घटना अज्ञात पक्षबाट भएको छ । जस्मा १ सय ७२ महिला सहित २ सय ५० जना पिडित भएका छन भने ४२ बालिका बलात्कृत भएको इन्सेकले जनाएको छ ।
अन्य बर्षहरुमा जस्तै यस एक बर्षमा पनि बलात्कार, बलात्कार प्रयास, बोक्सी आरोप, जातिय बिभेद, घर निकाला, मानव बेचविखन, अपहरणका घटनाहरु भएका छन् ।
बाल बिबाह, बन्द हडताल, बहुबिबाह, सार्वजनिक सम्पत्ती माथी आगजनी, बत्रम विष्फोट, भ्रुण हत्या, आत्महत्या दुरुत्सान, बेवारीसे शब फेला जस्ता घटनाहरु भएको इन्सेकले जनाएको छ । इन्सेकले यी घटनाहरुको बिश्लेषण गर्दै यस बर्ष पनि मानव अधिकारको अबस्थामा सुधार आउन नसकेको निष्कर्ष निकालेको छ ।