पोखरा : कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक इनिङ खेल्दै सतक बनाएपछि पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १ सय ६ रनले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याउन आएको धनगढीको कुनै पनि ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि ७९ रनमै अलआउट भयो ।
हुस्सु र शीतका कारण १ घण्टा ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धाति १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल बनाउँदा कप्तान ज्ञानेन्द्र एक्लैले सतक प्रहार गरे । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए ।
ज्ञानेन्द्रको फ्रेन्चाइज क्रिकेटमा आफ्नो पहिलो शतक हो भने नेपाली फ्रेन्चाइजमा तेस्रो । यसअघि सन् २०१६ को एभरेष्ट प्रिमियर लिग ९इपीएल०मा आसिफ शेखले पन्चकन्या तेजका लागि तथा गत संस्करणको इपीएलमा रवि इन्दर सिंहले भैरहवा ग्ल्याडिएटर्सका लागि सतकीय पारी खेलेका थिए । काठमाडौंका लागी जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले ।
धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । धनगढीका लागी रोड्रिगो थोमसले १० र श्रीमन्थ विजेरत्ने १५ रन बनाएपनि अन्य ब्याट्सम्यानले गतीलो प्रर्दशन गर्न सकेनन् । काठमाडौं गोल्डेनका बसन्त रेग्मीले ३, सुबोध भाटी र पवन सर्राफले समान २र२ विकेट लिए । सुसन भारी र अमित भट्राईको नाममा १र१ विकेट रह्यो ।