तुलसीपुर २८ मंसिर: छाडा छोडिएका चौपाया ब्यवस्थापन नगर्दा दाङमा किसानले लगाएको खेति नष्ट गर्ने गरेका छन् ।
किसानले लगाएको खेति खाने, कुच्ने गर्दा किसानहरु पनि चिन्तित बनेको तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ का किसान जितेन्द्र महताराले गुनासो गरे ।
‘छाडा पशु चौपायहरु रातिमा आउने र हामीले लगाएको तोरी, मसुरो गहुँमा ठूलो क्षति पुयाउने गरेका छन्’ उनले भने ‘ति पशु धपाउन हामी रातभर जागराम बस्नुपर्ने अवस्था छ ।’
यो यस बर्षको मात्रै समस्या नभएर ४५ बर्षदेखि आफुहरुले यस्तो पीडा भोग्दै आएको उनको भनाई छ । गएको बर्षमात्रै वडा नं।
७ का किसानहरुले लगाएको १० बिघा क्षेत्रफलको खेति नष्ट गरेका थिए । दैनिक दिउँसो तथा रातिमा २५- ३० वटा पशुहरु आएर किसानले लगाएको तरकारी खेति नष्ट गर्ने गरेको भागिरथ भण्डारीले बताए ।
‘यस क्षेत्रमा २५-३० वटा गाईगोरुले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्’ उनले भने, ‘समूहमा आउने पशु चौपायाले दिनमा भन्दा रातमा बढी क्षति गर्ने गरेका छन् ।’
त्यस्तै छाडा चौपायाले आफूहरुलाई वर्षेनी सास्ती दिने गरेको उनले बताए । ‘दिनभरी गाईगोरु धपाएर बस्नुपर्छ, रातको समयमा त झन जाग्राम बसेर नै हेर्नुपर्छ’, उनले भने, ‘यसरी छाडा छोडिएका पशु चौपाया नियन्त्रण गर्न पटकपटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि कुनै चासो दिने गरेका छैनन्
।’स्थानीय किसान प्रेम केसीले रातिमा ४-५ पटक उठेर गाईगोरु धपाउनु पर्ने समस्या रहेको बताए ।
आफूहरुले दुःख गरि लगाएको खेतिबाली भित्राउन नपाउँदै चौपायाले नष्ट पारिदिन थालेपछी त्यस क्षेत्रका सयौं किसान चिन्तित छन् ।