शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

आफ्नै देश फर्की आएँ

होस्ट खबर by होस्ट खबर
२५ मंसिर २०७६, बुधबार
249
SHARES
470
VIEWS
FacebookTwitter
आफ्नै देश फर्की आएँ

काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिर विदेशबाट फर्किएका परिवारजन र आफन्तको स्वागतका लागि कैयौं मानिस आतुर थिए । कोहीले फूलको बुके लिएका थिए, कोहीले माला त कोहीले खादा ।

त्यो भीडमा रुकम तक्सेराका ४३ वर्षीय राम बुढाका परिवार, आफन्त र साथीभाइ कोही थिएनन् । विमानबाट ओर्लिनेबित्तिकै उनलाई नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अधिकारीले सोधपुछका लागि केहीबेर नियन्त्रणमा लिए ।

अरू यात्रु लगेज लिन दौडिए । उनी भने सोधपुछ सकिएपछि सानो ब्याग बोकेर लुखुरलुखुर बाहिरिए । घर छाडेको झन्डै २७ महिनापछि अमेरिकाबाट फर्किएका रामको साथमा लगेज थिएन । न थियो, दुई छोरी र श्रीमतीलाई कुनै कोसेली ।

स्वदेश टेक्दा पनि उनी खुसी हुन सकेका थिएनन् । काठमाडौंमा चिसो बढिसकेको समेत उनलाई हेक्का थिएन । पातलो टिसर्ट र पातलै विन्डचिटरमा उनी विमानस्थल ओर्लिएका थिए ।

दु:खको लामो यात्रापछि अमेरिकाबाट डिपोर्ट भई फर्किएका उनलाई विमानस्थल ओर्लेपछि कहाँ गएर रात बिताउने भन्नेसम्म टुंगो थिएन । आगमन कक्षबाट बाहिरिएपछि मानव बेचबिखन ब्युरोका एक प्रहरीले उनलाई ५० रुपैयाँ निकालेर दिए । र भने, ‘यही पैसाले बस चढेर कसैकोमा गएर बस्नुस् । हाम्रो सम्पर्कमा आइराख्नुस् है ।’

काठमाडौंको चिसो सिरेटोले हाने पनि उनी आत्तिएका थिएनन् । उनी त यसअघि नामै नसुनेका देशमा, नामै नसुनेका र भाषा नमिल्ने मान्छेसँग हप्तौंसम्म अवैध बस्दा नै आत्तिइसकेका थिए ।

रामले गोजीबाट पेन्सिलले धमिलो गरी लेखिएको कागजको चिर्कटो निकाले । त्यसमा मनमैजुमा घर भएका जेठान अजित बुढाको मोबाइल नम्बर थियो । विमानस्थल ओर्लिनेबित्तिकै उनले प्रहरीको मोबाइलबाट कैयौं पटक उक्त नम्बरमा फोन गरिसकेका रहेछन् ।

तर फोन नलागेपछि उनी सोझै घर जाने सुरमा रहेछन् । उनले शंका सुनाए, ‘बा जेठानले घर नै बेचेर अन्तै पो सरिसके कि ? कि मैले घर नै पत्तो पो पाउँदिनँ कि ?’

विमानस्थल बाहिरको सानो चिया पसलमा बसेर मैले उनले दिएको नम्बरमा बारम्बार फोन गरिरहें । धेरै बेरपछि बल्ल फोन लाग्यो । मैले सोधें, ‘राम बुढा तपार्इंको को पर्नुहुन्छ ?’
उनले भने, ‘बैनी ज्वाइँ ।’

‘उहाँ कहाँ हुनुहुन्छ त ?’ ‘अमेरिका ।’
त्यसपछि पो पत्तो पाएँ, राम डिपोर्ट भएर नेपाल ओर्लेका उनका परिवार र आफन्त कसैलाई जानकारी रहेनछ ।

‘अध्यागमनको नियन्त्रणमा बस्दा फोन गर्न पाए पो,’ उनले भने, ‘यदाकदा इन्टरनेटको सुविधा मिल्थ्यो । तर मैले चलाउन जाने पो ।’ अजितलाई उनका ज्वाइँ डिपोर्ट भएर काठमाडौं ओर्लेको र उनी मसँगै भएको कुरामा सुरुमा पत्यार लागेन ।

मेरो मोबाइलबाट रामले जेठानसँग रैथाने मगर भाषामा कुरा गरे । उनले आफू अकस्मात् आउनुपरेको कुरा संक्षिप्तमा बताए । त्यति बेला रातको करिब नौ बजेको थियो । अजितले आफू ट्याक्सी लिएर लिन आउने बताए । मैले चिसोमा विमानस्थलबाहिर बस्नुभन्दा बानेश्वरतिर कतै बसेर कुर्ने जवाफ दिएँ ।

बानेश्वरको एउटा होटलमा रामले आफ्नो दु:खको लम्बेतान कथा छोटकरीमा सुनाए । अमेरिका छिर्नुअघि रामले मलेसियामा ८ वर्ष मजदुरी गरे । मलेसियाको एउटा माछा कम्पनीमा काम गर्दागर्दै आत्तिएर स्वदेश फर्के पनि उनको मन रुकुमको गाउँमा अडिएन ।

खेतीपाती गरेर दुई छोरी कसरी हुर्काउन सकिएला र भन्ने चिन्तामा अल्झिरहेका बेला उनलाई आफन्त पर्ने एक अंकलले सुनाए, ‘अमेरिका जान्छौ भने छिराइदिन्छु ।’

आफूसँगै माइलो दाइ कर्ण पनि अमेरिका छिर्ने योजनामा रहेपछि चार दाजुभाइमध्ये कान्छा राम सुरिए । उनले सुनाए, ‘२०७२ को वैशाखमा अमेरिका जान भन्दै घर छोड्या थें ।’ बस चढेर नेपालगन्ज हुँदै दिल्ली पुगेका उनले एक साता त्यहीँ बिताए ।

अंकलले भारतीय एजेन्टको जिम्मा लगाइदिए ।  उनै एजेन्टले चाँजो मिलाइदिए, पर्यटक भिसामा रुसको मस्को हुँदै स्पेन जाने । स्पेनको बोगटा सहरमा तीन दिन बसेपछि उनी र दाइलाई एजेन्टले अवैध रूपमा बोलिभिया छिराइदियो ।

त्यहाँ अवैध रूपमा अमेरिका छिर्न हिँडेका ४ नेपाली, २ फ्रेन्च र चार भारतीय पनि थिए । त्यहाँबाट लुक्दै उनीहरू कोलम्बिया पुगे । पानामा छिर्न जंगली जनावर र विद्रोही गुरिल्लाको पकड क्षेत्र मानिएको डेरियन ग्याप भनिने जंगल उनले हिँडेरै दुई दिनमा छिचोले ।

विषालु सर्प र सन् १९६४ देखि सरकारसँग लडाइँ लडिरहेका कोलम्बियाविरोधी हतियारधारी गुरिल्ला समूहका कारण डेरियन ग्यापको जंगल यात्रा जोखिमपूर्ण मानिन्छ ।

तर क्युबा, सोमालिया, सिरिया, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाली देशबाट अमेरिका हिँडेकालाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिँडाउने गरेको तथ्य संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले पनि उल्लेख गरेको छ ।

आईओएमले निकालेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकमा सन् २०१६ मा प्रकाशित प्रतिवेदनले यो यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिएको छ । प्रत्येक वर्ष यही जंगल छिचोल्नेहरूमध्ये सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।

यो अवैध यात्रामा कति सास्ती खेपे, त्यसको हिसाबकिताब गर्नु खाटो बसेको घाउलाई कोट्याउनु जस्तो रामलाई लाग्छ । पानामाबाट कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला हुँदै मेक्सिकोको तिख्वाना पुगेका उनले झन्डै दुई महिनाको अवैध यात्रामा अनेक सास्ती भोगे ।

अवैध रूपमा होन्डुरस छिरेपछि १५ दिन प्रहरीको कस्टडीमा बसेको र होन्डुरसको जंगलमा स्थानीय गुन्डाले धम्क्याउँदै मोबाइल र साथमा भएको सबै पैसा लुटपाट पारेको उनले बताए । ‘लुटिँदा भने औधी डर लागेको थियो,’ उनी भावुक देखिए, ‘अरू डर त भनिसाध्य छैन ।’

मेक्सिको पुगेपछि उनलाई अब अमेरिका छिरिने भयो भन्ने लागेको थियो । एक दिन एजेन्टले सिकायो, मध्यरात पर्खालबाट हाम्फाल्ने । उनले सिकाएअनुसार गरे ।

सुनाए, ‘झन्डै ६ फिट अग्लो पर्खाल चढें र हाम्फालें ।’ केही मिनेटमै उनी अमेरिकी सीमा सुरक्षा बलको नियन्त्रणमा परे । दाइ कर्ण पनि उनीभन्दा एक दिनअघि त्यसैगरी प्रहरी नियन्त्रणमा पुगिसकेका थिए ।

त्यसपछि सुरु भयो, उनको अध्यागमनको हिरासत बसाइ । उनी र दाइले एउटै वकिल लगाएर शरणार्थी आवेदनको प्रक्रिया सुरु गरे । वकिलले नै स्पोन्सर खोजिदियो । दुई महिना अध्यागमन हिरासतमा बसेपछि दाइ हिरासतमुक्त भए ।

मुद्दा जारी रह्यो । तर उनको त्यस्तो भएन । ‘वकिलले स्पोन्सरको नक्कली कागजात राखिदिएका कारण मुद्दा हारें,’ उनले भने । स्पोन्सर खोज्न १५ सय डलर र वकिल शुल्कबापत २५ सय डलर खेर गएको उनको भनाइ छ ।

नेपाल छाडेपछि २७ महिना लामो यात्रामा उनले करिब ४५ लाख रुपैयाँ सकिएको उनले बताए । ‘त्योभन्दा पनि अमेरिकामै बस्ने सपना अधुरै रह्यो,’ उनले भने ।

दाइ भने शरणार्थी आवेदनको कानुनी प्रक्रिया पूरा गरेर अमेरिकामै बस्न पाउने भए । रामले सुस्केरा हाले । र भने, ‘त्यसलाई अमेरिका बस्न लेख्या र’छ । भाग्यमानी ।’

तर रामको हकमा शरणार्थीको निवेदन अस्वीकृत भएपछि उनलाई अमेरिकी सरकारले नेपाल डिपोर्ट गरिदिएको हो । रामलाई अब जीवन कहाँबाट कसरी सुरु हुन्छ, केही थाहा छैन ।

राति १० बज्नै लाग्दा रामका जेठानले फोन गरेर भने, ‘हामी थापाथली आइपुगेम् । यहीँ ल्याइदिनुस् न । बानेश्वर कहाँनेर हो ? हामी झुक्किन्छम् कि ?’

चिसो सिरेटो चिर्दै रामलाई मोटरसाइकलमा राखेर थापाथली पुग्दा उनका जेठान र अन्य आफन्त कुरिरहेका थिए । मोटरसाइकलबाट झर्नेबित्तिकै रामलाई आफन्तहरूले पालैपालो खादा लगाइदिए । जेठानले भने, ‘कम्तीमा आफू त सद्दे आउनुभो नि । त्यही भएर स्वागत गरेको । बाँचेपछि सबै गर्न सकिन्छ ।’

आफन्तको स्वागतले रामको अनुहारमा हल्का खुसी देखियो । उनी खुलेर मुस्काउन सकेनन् । सायद रुकुमको तक्सेरा पुगेर आफूले ५ र ३ वर्षका हुँदा छाडेका दुई छोरी र पत्नीको अनुहार नदेखेसम्म उनको अनुहार पूरै उज्यालो हुनेछैन ।

छुट्टिनुअघि रामले भनेका थिए, ‘अवैध यात्राका क्रममा भेटिएका देशैपिच्छेका अनेक एजेन्टलाई कहाँकहाँबाट ऋण खोजेर पत्नी र आफन्तले दिए होलान् ? ऋणको ब्याज कति पुग्यो होला ?’ सायद, राम अब यही तिरनतारनको अल्झोमा फस्नेछन् । कान्तिपुर

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
भर्खर

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने
भर्खर

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
भर्खर

आन्तरिक आय बढाउन कर्णाली सरकारको तयारी के छ ?

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)
भर्खर

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२५ मंसिर २०७६, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२५ मंसिर २०७६, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२५ मंसिर २०७६, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२५ मंसिर २०७६, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२५ मंसिर २०७६, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२५ मंसिर २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.