सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चिसो बढेसँगै माथिल्लो मनाङका सबै विद्यालय बन्द

होस्ट खबर by होस्ट खबर
२५ मंसिर २०७६, बुधबार
399
SHARES
316
VIEWS
FacebookTwitter
चिसो बढेसँगै माथिल्लो मनाङका सबै विद्यालय बन्द

लमजुङ: अत्याधिक चिसो बढेसँगै हिमाली जिल्ला मनाङका विद्यालय बन्द हुन थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४, हुम्देमा रहेको हुम्दे आधारभूत विद्यालय । तस्बिर ः आश गुरुङकान्तिपुर शिक्षकहरुका अनुसार यस वर्ष चिसो चाँडै बढ्न थालेपछि अभिभावकले विद्यालय चाँडै बन्द गर्न आग्रह गरेका थिए । गतवर्षभन्दा यो वर्ष एक साता अघि नै वार्षिक परीक्षा सक्काएर हतार–हतार परीक्षाफल प्रकाशित गरी शिक्षक विद्यार्थी स्कुल बन्द गरी हिँडेका हुन् ।

मनाङ ङिस्याङ–९ विद्यालय र नार्पाभूमिका २ विद्यालय बन्द गरिएका छन् । उक्त विद्यालयहरु ३ महिनाका लागि बन्द गरिएका हुन् । चैत १ गतेबाट मात्रै स्कुल खुल्ने उनीहरुले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–६, मनाङ गाउँमा रहेको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेका अनुसार माथिल्लो मनाङका सबै विद्यालय बन्द भएका छन् ।

उनले गएका वर्षभन्दा यसवर्ष चिसो चाँडै बढेकाले चाँडै विद्यालय बन्द गरिएको बताए । उनका अनुसार माथिल्लो मनाङ क्षेत्रमा सबैभन्दा ढिलो अन्नपूर्ण मावि बन्द गरिएको हो । ‘हामीले मंसिर ११ गतेबाट परीक्षा सुरु गर्‍यौं । १९ गते सक्यौं ।

२० गते परीक्षाफल प्रकाशित गर्‍यौं र २१ गतेदेखि विद्यालय बन्द गरि हिँड्यौं,’ उनले भने । अन्नपूर्ण मावि गत वर्ष मंसिर २६ गतेदेखि ३ महिनाका लागि बन्द गरिएको थियो ।

प्रअ घिमिरेका अनुसार अन्नपूर्ण बाहेक सबै आधारभूत (निमावि र प्रावि) विद्यालय हुन् । अन्नपूर्ण बन्द हुनुभन्दा १ साताअगावै अन्य केही विद्यालय बन्द गरिएका थिए । ‘धेरै वर्ष पहिलेदेखि मंसिर १५१६ बाट फाइनल परीक्षा सुरु हुने र २०२२ मा नतिजा प्रकाशन गरी विद्यालय बन्द गरिन्थ्यो ।

यसपटक अलि चाँडै भयो,’ उनले भने, ‘प्राकृतिक कठिनाइ हो । पानी जमेर आइस भएको छ । तापक्रम माइनसमा छ । अभिभावकले परीक्षा छिटो गर्न आग्रह गरे । हामीले छिटो छिटो गरेर सक्यौं र विद्यालय बन्द गर्‍यौं ।’

मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा संयोजक रुद्रनाथ पौडेलका अनुसार माथिल्लो क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा एउटा मावि, ३ वटा १–७ पढाइ हुने आधारभूत र ५ वटा १–५ पढाई हुने आधारभूत विद्यालय छ । ती सबै बन्द भएका उनले बताए । चैत १ गतेबाट पढाई सुरु हुने उनले बताए ।

‘पढाइ सुरु भएपछि शुक्रबार पनि अन्य दिन सरह पठनपाठन गरिन्छ । दसैंतिहार, संविधान दिवस, बैशाख १ बाहेक अन्य सार्वजनिक विदामा पनि हामी पढाउँछौं । कोर्स सक्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

नार्पाभूमि अन्तर्गत नारमा १–७ पठनपाठन हुने एउटा आधारभूत र फूमा १–५ पठनपाठन हुने आधारभूत विद्यालय छन् । दुवै स्कुल बन्द भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाले गतबर्ष फागुन १६ गतेबाट स्कुल संचालन गर्न सवै विद्यालयमा पत्राचार गरेको थियो । विद्यालय भने चैत १ गतेबाट संचालनमा आएको थियो ।

यसबर्ष पनि फागुन १६ गतेबाट स्कुल संचालन गर्न पत्राचार गरिने गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । ‘पुस नलाग्दै विद्यालय बन्द भएको छ । फागुनको आधा महिना त पढाउनु पर्‍यो नि । हामी छलफल गर्छौं’ उनले भने ।

चामे गाउँपालिका र तल्लो मनाङको नासों गाउँपालिकाका विद्यालय बन्द गर्ने तरखरमा शिक्षकहरु छन् । चामे र नासों गाउँपालिकामा परीक्षा संचालन भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण रेग्मीका अनुसार मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सवै विद्यालय बन्द भएका छन् । चामेका स्कुल सम्भवत पुस २७ गतेबाट बन्द हुनेछन् । तल्लो क्षेत्र (नासों गाउँपालिका) का स्कुल पुस १० गते अगावै बन्द हुनेछन् ।

चामे गाउँपालिकाका स्कुलले माघ १६ गतेबाट विद्यालय संचालन गर्ने निर्णय गरेका छन् । नासोंका विद्यालय फागुन लागेपछि खुल्नेछन् । ‘माथिल्लो क्षेत्रमा चिसो चाँडै बढ्यो । विद्यालय पनि चाँडै बन्द भए । तल्लो क्षेत्रमा माथिल्लो क्षेत्रजस्तो चिसो छैन ।

त्यसैले विदा पनि केही ढिलो हुन्छ’ उनले भने ।शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न पाइन्छ । यसमा ५ दिन स्थानीय विदा लिन पाइन्छ ।

तर, विद्यालय खुल्नेखुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यसमा रहेको शिक्षा शाखाले निर्णय गर्ने गरेका छन् । विद्यालय आफैंले पनि सरोकारवालालाई बोलाएर निर्णय गर्ने गरेका छन् ।

मनाङमा ४ मावि, ९ आधारभूत र १३ प्रावि गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउनेजाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय मनाङको पढाई प्रभावित हुँदै आएका छन् ।  कान्तिपुर

Related Posts

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन
ताजा समाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेताहरूको सुझाव
ताजा समाचार

संसदीय समिति छल्दै प्रधानमन्त्री

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

सरकारसँग राष्ट्रपति असन्तुष्ट

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय
ताजा समाचार

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

२५ मंसिर २०७६, बुधबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

२५ मंसिर २०७६, बुधबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

२५ मंसिर २०७६, बुधबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

२५ मंसिर २०७६, बुधबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

२५ मंसिर २०७६, बुधबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

२५ मंसिर २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.