सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

खुसुखुसु नेपाल प्याज पठाउने सनी मधेसिया भारतमा पक्राउ

होस्ट खबर by होस्ट खबर
२४ मंसिर २०७६, मंगलवार
385
SHARES
337
VIEWS
FacebookTwitter
खुसुखुसु नेपाल प्याज पठाउने सनी मधेसिया भारतमा पक्राउ

आलु भन्दै प्याज नेपाल पठाउने एक व्यापारीलाई भारतीय अधिकारीहरूले पक्राउ गरेका छन्। उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला नौतुनवाका व्यापारी सनी मधेसियालाई डाइरेक्टर अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीले गत शुक्रबार बिहान सबेरै पक्राउ गरेका हुन्।

निर्यातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती बजारका यी व्यापारीले खुसुखुसु नेपाल प्याज पठाइरहेको सूचना रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूलाई पुगेको थियो। भारतीय अधिकारीहरूले नेपाली अधिकारीहरूलाई पनि यसबारेमा समन्वय गरेका थिए।

अनुसन्धानका क्रममा मधेसियाले आलुको बिल बनाउँदै प्याज नेपाल पठाइरहेको खुलेको थियो। मधेसियाले प्रतिबन्धपछि तीन करोडभन्दा बढीको प्याज नेपाल पठाएको अधिकारीहरूले बताएका छन्।

मधेसियाले आलु हो भन्दै ३६ सय क्विन्टल प्याज नेपाल पठाएको अधिकारीहरूको अनुमान छ। धेरै नाफा कमाउने लोभमा सनीलगायत व्यापारीले प्याज नेपाल पठाउने गर्थे। अधिकारीहरूसँग उनले यो तस्करीमा संलग्न अरू व्यापारीको नाम पनि लिएका छन्।

खुसुखुस प्याज पठाउने सनी पक्राउ परेपछि शुक्रबारदेखि नेपालमा भारतीय प्याज आउन पूर्ण रूपमा बन्द भएको छ। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले अहिले नेपाली र चिनियाँ प्याजमात्र बजारमा रहेको बताए।

‘भारतीय प्याज आएको छैन। भएको स्टक प्याज पनि सकियो। हाल बजारमा चाइनिज प्याज मात्र छ,’ उनले भने। असोज दोस्रो साता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।

त्यसपछि प्याजको मूल्य बढ्न थालेको हो। माग धान्न अहिले नेपालमा चिनियाँ प्याज आयात भइरहेको छ। कालिमाटी तरकारी बजारको तथ्याङ्कअनुसार भारतीय प्याजभन्दा चिनियाँ प्याज सस्तो छ।

चिनियाँ प्याज आएसँगै भाउ पनि केही घटेको छ। मंसिर १९ र २० गते प्रतिकेजि प्याजको खुद्रा औसत मूल्य १ सय ९५ थियो। २१ र २२ गते क्रमशः २ सय १० र २ सय २५ पुग्यो। मंसिर २३ र २४ अर्थात् सोमबार र मंगलबार भने चाइनिज प्याजमात्र छ।

उक्त प्याजको खुद्रा मूल्य १ सय ८५ र १ सय ७५ रहेको छ। चिनियाँ प्याज भारतीयभन्दा सस्तो हुने फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। ‘चाइनिज प्याज ठूलो र खल्लो हुने भएकाले उपभोक्ताले भारतीय प्याज नै चाहन्छन्,’ उनले भने। सेतोपाटी

Related Posts

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित
अर्थ खबर

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

विद्युतको आन्तरिक माग ह्वात्तै बढ्यो, औसतमा करिब तीन सय मेगावाटको वृद्धि
अर्थ खबर

प्राधिकरणको नाफामा छलाङ

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?
अर्थ खबर

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
अर्थ खबर

६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२४ मंसिर २०७६, मंगलवार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२४ मंसिर २०७६, मंगलवार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२४ मंसिर २०७६, मंगलवार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२४ मंसिर २०७६, मंगलवार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२४ मंसिर २०७६, मंगलवार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२४ मंसिर २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.