राजनीतिमा नेतृत्वको कुरा आउँदा अनुभवको कुरा गरिन्छ र त्यसकै नाममा पार्टीकै नेतृत्व अधिकांश रुपमा पाको उमेरका नेताहरुको हातमा हुन्छ। अझ महिलाहरुको सवालमा भने अझै पनि पार्टीकै नेतृत्व प्रदानका गर्नका लागि अनकनाएको अवस्था छ पाको उमेरकै भए पनि।
उदहारणका रुपमा हाल कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेर सभामुखबाट पदमुक्त भएपछि संसदको नेतृत्व सम्हाल्न योग्य छिन् (अनुभव र राजनीतिमा बिताएको चार दशक भन्दा लामो समयका कारण) उपसभामुख शिवमाया तुम्बाहाम्फे। तर उनी महिला भएकै कारण अरु कोहीलाई सभामुख बनाउने तयारी भएको विश्लेषण गरिन्छ।
नेपालमा मात्रै होइन विश्वको सबैभन्दा विकसित देशका रुपमा लिइने अमेरिका पनि महिलालाई नेतृत्व तहमा पुर्याउने सवालमा त्यति उदार देखिँदैन। सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन पराजित हुनुमा उनी महिला हुनु पनि प्रमुख कारण रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।
आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा अग्रता स्थानमा रहेको ठानिएकी कमला ह्यारिसले आफ्नो अभियान अन्त्य गरिन्।
प्रमुख दाबेदारका रुपमा हेरिएकी एलिजाबेथ वारेनका सन्दर्भमा पनि डेमोक्र्याटहरु त्यति उदार देखिएका छैनन् र उनीमाथि विश्वास गर्न नसक्नुको प्रमुख कारणमा महिला हुनु पनि हो।
तर विश्वमा यस्तो देश पनि छ जहाँ महिलाले देशको नेतृत्व गर्दै छन् र त्यो पनि साँचो अर्थमा युवा उमेरमै। युरोपको फिनल्याण्डको प्रधानमन्त्री बन्ने पक्का भएकी नेतृ हुन् सन्ना मारिन। उनी ३४ वर्षकी भइन् र उनी पाँच राजनीतिक दलको गठबन्धनको नेतृत्व गर्दै देशको प्रधानमन्त्री बन्ने पक्का भएको छ।
उनले नेतृत्व गरेको गठबन्धनमा रहेका पाँचै राजनीतिक दलको नेतृत्वमा महिला छन् र तीन नेतृ उनीरुको ‘थटिज’ अर्थात जीवनको चौथो दशकको यात्रामा छन्। देश शञ्चार