सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पाटन दरबार क्षेत्रका पसल कवलको भाडादर तोक्न बिचौलिया हाबी, गुठी संस्थान मौन

होस्ट खबर by होस्ट खबर
२४ मंसिर २०७६, मंगलवार
235
SHARES
443
VIEWS
FacebookTwitter
पाटन दरबार क्षेत्रका पसल कवलको भाडादर तोक्न बिचौलिया हाबी, गुठी संस्थान मौन

ललितपुर: नेवार समुदायको चाड योमरी पूर्णिमालाई लक्षित गरेर बिचौलियाले ललितपुरको पाटन दरबार क्षेत्रका पसल कवलको भाडा बढाएका छन् ।

गोदावरी क्षेत्रका एक व्यवसायीले सरकारी स्वामित्वको पसल भाडामा लिएबापत मासिक ४० हजार बुझाउँदै आएका थिए । अहिले बिचौलियाले १० हजार बढाएको उनले बताए ।

उक्त क्षेत्रमा उनले चारवटा पसल भाडामा लिएका छन् । पाटन दरबार परिसरमा यातायात र पैदल यात्रीको चहलपहल । तस्बिर : कान्तिपुर सुनाकोठीका अर्का व्यवसायीले पनि दरबार क्षेत्रमा दुईवटा पसल कवल सञ्चालन गरेबापत बिचौलियलाई मासिक ३० हजार बुझाउँछन् ।

उनलाई पनि मासिक पाँच हजारका दरले भाडा बढाएको जानकारी आइसकेको छ । उनीहरू जस्तै पाटन दरबार क्षेत्रमा पसल कवल भाडामा लिएबापत बिचौलियलाई मासिक १० देखि ५० हजार रुपैयाँ बुझाउनेको संख्या निकै छ । केही बिचौलियाले भाडा रकम बढाएपछि अन्यले पनि बढाउने तयारी गरिसकेको पसलकवल व्यवसायी बताउँछन् ।

यहाँ गुठी संस्थान स्वामित्वका ५६ वटा पसल छन् । तीमध्ये ५१ जना अरूलाई भाडामा लगाएर बिचौलियाको भूमिकामा छन् । यहाँ एउटा पसलमा पाँच तहसम्मका बिचौलिया हाबी छन् । पसल कवल दरबारका ठूला घण्टामुनि, भूकम्पले ध्वस्त हरिशंकर मन्दिर र मंगलबजार चारदोबाटो चोकवरिपरि छन् । बिचौलियाले भने गुठी संस्थान ललितपुर शाखा कार्यालयलाई रकम बुझाउने गरेका छैनन् ।

बिचौलियाले भाडामा लगाएर अस्वाभाविक रूपमा मुनाफा कमाएको बारे जानकारी भए पनि संस्थान मौन छ । संस्थानको लगतमा पनि बहालवालामध्ये धेरैजसोले आफूले लिएको पसल कवल अरूलाई बढी रकममा भाडामा दिएको उल्लेख छ ।

संस्थान र बिचौलियबीचको मिलेमतोले सरकारलाई अत्यन्त कम राजस्व भित्रिने गरेको एक व्यवसायीले बताए । ‘संस्थानमा सिधै सम्झौता गर्न जाँदा पनि दिँदैनन्,’ उनले भने ।

गुठी संस्थान प्रमुख राजन भुजूले बिचौलियले बढी भाडा लिएर बहालमा दिइरहेको थाहा हुँदा पनि केही गर्न नसकेको स्वीकारे । ‘हाल भाडा तिरिरहेका व्यापारीहरू सिधै संस्थानमा आएर सम्झौता गरे त्यसमा तयार छु,’ उनले भने, ‘बहालवालाहरूलाई भाडा बुझाउन, नयाँ सम्झौता गर्न वर्षौंदेखि पटकपटक लिखित तथा मौखिक ताकेता गरिए पनि अटेर गर्दै आइरहेका छन् ।’

संस्थानको केन्द्रले चासो दिएमा पाँच तहको बिचौलिया हटाउन तयार रहेको उनले बताए । ‘यसका लागि हालका व्यवसायी एकीकृत भएर आउनुपर्‍यो,’ उनले भने, ‘समन्वय गर्न तयार छु ।’

संस्थानका अनुसार ०५४ सम्ममा पाँच जनाले मात्र संस्थानसँग सम्झौता गरेका छन् । संस्थान ललितपुर शाखा मच्छिन्द्रबहालको लगतमा एउटा पसल कवलको भाडा वार्षिक एक सयदेखि एक हजार ८ सय २८ रुपैयाँमात्र उल्लेख छ । ललितपुरको मुख्य व्यापारिक केन्द्र मंगलबजार क्षेत्रमा संस्थानले वर्षौंदेखि वार्षिक एक सय, दुई सय ५०, तीन सय, पाँच सय रुपैयाँमा ५६ वटा कवल भाडामा दिइरहेको छ ।

अत्यन्त न्यून भाडा भए पनि बहालवालाहरूले संस्थानलाई भाडा नबुझाएको नै १० वर्ष बितिसकेको छ । कानुनी प्रावधानअनुसार सम्झौता अवधि सकिइसकेकाले संस्थानले एकतर्फी रूपमा ठेक्का रद्द गर्न सक्छ ।

तर, सम्झौता रद्द गरी चलनचल्तीको भाडा उठाउनेतर्फ कुनै प्रक्रिया थालिएको छैन । संस्थानले सार्वजनिक सूचना प्रकाशित गरी लिलाम बढाबढमा आफ्ना पसल कवल भाडामा लगाउन सक्छ । संस्थानले बहालवालाहरूबाट १८ लाखभन्दा बढीरकम असुल गर्न बाँकी छ । कान्तिपुर 

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
भर्खर

विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता
भर्खर

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी
खेलकुद

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२४ मंसिर २०७६, मंगलवार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२४ मंसिर २०७६, मंगलवार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२४ मंसिर २०७६, मंगलवार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२४ मंसिर २०७६, मंगलवार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२४ मंसिर २०७६, मंगलवार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२४ मंसिर २०७६, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.