पर्सा: पञ्चवर्षीय गढीमाई मेलामा चोरी तथा पाकेटमारी गर्ने १ सय ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाराको महागढीमाई नगरपालिका वडा-१ बरियारपुरस्थित गढीमाइृ मन्दिरमा लाग्ने पञ्चबर्षीय मेलामा आएका श्रद्धालु भक्तजनहरूको नगद तथा जिन्सी चोरी, पाकेटमारी एवम शंकास्पद गतिविधिमा संलग्न १ सय ६५ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
पक्राउ परेका मध्ये १ सय २४ जनालाई आवश्यक छानबिन गरी जमानीमा छाडिएको तथा बाँकी ४१ जनालाई विभिन्न मुद्दामा म्याद थप गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
मुदा चलाइर्एका ४१ जना मध्ये ३६ जना भारतीय नागरिक रहेका छन्। मुदा चलाइएका ४१ जना मध्ये २० महिला र २१ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। देश सञ्चार