सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

धूलोले अतालिन्छन् पर्यटक

होस्ट खबर by होस्ट खबर
२३ मंसिर २०७६, सोमबार
207
SHARES
390
VIEWS
FacebookTwitter
धूलोले अतालिन्छन् पर्यटक

लुम्बिनी: एक साता बस्ने योजनासहित बिहीबार लुम्बिनी आएका जर्मन पर्यटक हर्टमुट मेयर शनिबारै स्वदेश फर्किएका छन् । ‘अत्यधिक धूलो र धूवाँबाट अतालिएँ,’ उनले भने, ‘रुघाखोकीले सताएपछि बीचमै फर्किनुपर्‍यो ।’

बुद्धस्थलहरूको भ्रमण र चरा अवलोकन गर्ने चाहना अधुरै रहेको उनले बताए । ‘धूलोले हिँड्डुल गर्न मुस्किल रहेछ,’ उनले भने । नेपाल भ्रमण वर्ष (२०२०) र लुम्बिनी भ्रमण वर्ष (२०७६) मनाउँदै गर्दा प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा पर्यटकले बसाइ छोट्याइरहेका छन् ।

स्तरोन्नतिका क्रममा रहेको भैरहवा–लुम्बिनी सडक खण्डमा धूलो र धूवाँका कारण हिँड्नै नसकिने अवस्था छ । यो खण्डमा प्रायः धूलोको मुस्लो देखिन्छ ।

धेरै भार बोक्ने गाडी, बस र साना सवारीका साधन दिनरात गुड्ने यही सडक पार गरेर भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट पर्यटकलाई लुम्बिनी ओहोरदोहोर गराइन्छ । पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्नेहरू चिन्न नसकिने हुन्छन् । पैदल यात्रा गर्न सम्भवै छैन । सडक दायाँबायाँका घर धूलोले पुरिएका छन् ।

गाडीले उडाएको धूलो भान्सा र ओछ्यानसम्म पुग्ने गरेको स्थानीय गुनासो गर्छन् । आसपासका बोटबिरुवा र अन्नबाली धुलाम्मे छन् । बसमा यात्रा गर्नेले समस्या भोग्नुपर्छ । १५/२० मिनेट यात्रा गर्‍यो कि शरीर र कपडा धुलाम्य बन्छन् ।
भैरहवाको बुद्ध चोकदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन सडक बनिरहेको छ । विमानस्थलबाट लुम्बिनीसम्म २० किमि सडक चार लेनको बनिरहेको छ । पहिले यो खण्ड दुई लेनको थियो । लुम्बिनीको पर्सा चोकबाट भारतीय सीमा ककरहवासम्म आठ किमि खण्ड पनि स्तरोन्नति भइरहेको छ । यस खण्डमा सर्वसाधारण, पर्यटक र भारतीय गाडीको चाप छ ।
विमानस्थलबाट निस्केका पर्यटक लुम्बिनी पुग्दा चिन्न नसकिने हुन्छन् । पूर्वबाट आउने अधिकांश गाडी यही बाटो लुम्बिनी भित्रिन्छन् । ‘तीन/चार महिनाअघिसम्म झन् कहालीलाग्दो थियो,’ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘अहिले थोरै सुधार भएको हो ।’
बाटो खन्ने र ग्राभेल बिछ्याउने काम मात्र भइरहेको छ । केही स्थानमा एकतर्फी कालोपत्रे गरिएको छ । धूलोको मुस्लोले सताइरहेको उनले बताए ।

भारतको गावर कन्स्ट्रक्सनले उक्त सडक निर्माणको ठेक्का लिएको छ । भैरहवाको बुद्धचोकबाट कपिलवस्तुको तौलिहवासम्म ४४ किमिको ठेक्का थियो । अहिले लुम्बिनी–तौलिहवा सडक खण्ड निर्माण अन्तिम चरणमा छ ।
दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा सडक स्तरोन्नति गर्न लागिएको हो । साढे दुई वर्षदेखि काम भइरहेको छ । दुई वर्षयता धूलोको मार खेप्नुपरेको छ । निर्माण गर्दा धूलो नियन्त्रणका लागि प्रयास गरिएको छैन । आकाश जतिबेलै गुम्म देखिन्छ ।
लुम्बिनी घर भई भैरहवामा पर्यटन व्यवसाय गरिरहेका जोन शर्मा दिनहुँ यही बाटो भएर ओहोरदोहोर गर्छन् । धूलोधूवाँको मर्काबारे नसोध्न उनले आग्रह गरे । निर्माणको काम छिटो सक्न उनले आग्रह गरे । यस खण्डअन्तर्गत २० भन्दा बढी बजार र बस्ती छन् ।
‘होटलमा धूलो पसेर हैरान भयो,’ पर्सा बजारका मिठाई पसले नीरज हलुवाईले भने, ‘व्यापार खस्क्यो ।’ जति ढाके पनि खानेकुरामा धूलो लाग्ने गरेको उनले बताए । पर्सा बजारमा सरस्वती मेडिकल हल सञ्चालन गरिरहेका बब्लु गुप्ताले दम र रुघाखोकीका बिरामी बढेको बताए । ‘मेडिकलमा दैनिक रुघाखोकी, घाँटीका बिरामी आउँछन्,’ उनले भने ।

लुम्बिनी बुद्ध गार्डेनका सञ्चालक टीका बराल होटल सञ्चालन गर्नै मुस्किल पर्न थालेको बताउँछन् । ‘ग्राहक आउनै छाडे, बैंकको साँवाब्याज कसरी तिर्ने,’ उनले भने ।
आठ/दस दिन बिताउन आएका पर्यटक धूलोधूवाँका कारण एक/दुई दिनमै फर्किने गरेको उनले दुखेसो गरे । ‘कसरी सरकारले पर्यटक बढाउँछ,’ उनले भने, ‘पर्यटकले आफ्नो देश फर्केर बाटो राम्रो छैन भन्ने सन्देश दिन्छन् ।’
धूलोले लुम्बिनी आसपासका ८० भन्दा बढी होटल प्रभावित बनेका छन् । सडकको धूलो आसपासका रुख, बिरुवा, बालीनाली, घर, बजार र पानीका मुहानसम्म पुग्ने गरेको छ । धूलोधूवाँको हैरानीले भैरहवा र लुम्बिनीको यात्रा–समय पनि बढेको छ । पहिले २० देखि २५ मिनेटमा यात्रा पूरा हुनेमा अहिले एक घण्टाभन्दा बढी लाग्छ ।
‘धूलो नियन्त्रण गर्न प्रयास गरेका छौं,’ पेटी ठेकेदार चैतन्य निर्माण कम्पनीका सञ्चालक विक्रम मल्लले भने, ‘दिनभरि पानी छिट्छौं ।’
प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटुरोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको रोग हुने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डा. सुनीलचन्द्र झाले बताए ।
उनका अनुसार अनुसार हामीले श्वास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धूलोका अनेक कर्ण हुन्छन् । तीमध्ये केही धेरै हानिकारक हुन्छन्, केही सामान्य हानि गर्ने हुन्छन् । ‘
हावापानी र खाद्यान्नले मानिसलाई ९० प्रतिशतभन्दा बढी रोग लाग्ने गर्छ,’ डा. झाले भने, ‘हावा खराब भए स्वतः पानी र खाद्यान्न खराब हुन्छ । एउटै मानिसलाई धेरै रोगले च्याप्छ ।’ कान्तिपुर  

Related Posts

कोभिडविरुद्धको खोप गर्भावस्थामा लगाउनु सुरक्षित !
स्वास्थ्य

कर्णालीमा खेर गयो कोरोनाको १० हजार मात्रा खोप

भिड कम गर्न एक दिन एक उमेर समूहलाई खोप
स्वास्थ्य

कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी

महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको मृत्यु
स्वास्थ्य

साउनदेखि हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु

जाजरकोटका स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता
स्वास्थ्य

७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

नयाँ भेरियन्ट ओमिक्रोन बेइजिङमा पनि देखियो, हिउँदे ओलम्पिक प्रभावित हुने
स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२३ मंसिर २०७६, सोमबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२३ मंसिर २०७६, सोमबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२३ मंसिर २०७६, सोमबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२३ मंसिर २०७६, सोमबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२३ मंसिर २०७६, सोमबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२३ मंसिर २०७६, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.