सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

युवा उद्यमी कृष्णराजको सफलता : ‘सुन यहीँ फल्छ, मेहनत गरौँ’

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
214
SHARES
324
VIEWS
FacebookTwitter
युवा उद्यमी कृष्णराजको सफलता : ‘सुन यहीँ फल्छ, मेहनत गरौँ’

जाडोका लागि अचेल तपाईले बजारका किनेका कपडाको ब्रान्ड हेर्नुभएको छ ? थ्रेड, लेजेन्ड जेन्टलम्यान, लिमिटेड इडिसन, अर्बन आउटफिटर, केटी जिन्स, सिएमजस्ता ब्राण्ड छन् भने त्यो नेपाली ब्राण्ड हो । जुन ३ बर्षदेखि नेपाली बजारमा उपलब्ध छ ।

जाडोका लागिमात्र नभई सबै प्रकारका मौसमका लागि उपयुक्त हुने तयारी कपडा उत्पादन गरिरहेको छ थ्रेड गार्मेन्टले । विदेशी सामानभन्दा बलियो र तुलनात्मक रुपमा कम मूल्यमा पाइने तयारी कपडाका उत्पादनसँग जोडिएको नाम हो थ्रेड गार्मेन्ट ।

निरन्तरको मेहनत र लगनशीलताबाट उत्पत्ति भएको थ्रेड गार्मेन्टसँग जोडिएका ब्यक्ति हुन् कृष्णराज तिमिल्सिना । जो सपना, निरन्तरको मेहनत, लगनशीलताका कारण सामान्य कपडा व्यवसायबाट आज करोडौँ लगानीको उद्योग सञ्चालन गर्ने एक सफल युवा उद्यमी बन्न सफल भएका छन् ।
८ मेसिनबाट ४ सय वटासम्म

एसएलसी परीक्षा पास गरेर २०६१ सालमा काठमाडौँ आएका उनी कक्षा १२ पूरा गरेपछि मलेसियातर्फ लागे । स्वदेशमै केही गर्ने हुट्हुटीले उनलाई मलेसियामा धेरै समय बस्न मन लागेन । २ बर्ष काम गरेपछि आफूले जानेको कपडाको क्षेत्रमा केही गर्ने सोचका साथ उनी नेपाल फर्किए ।

प्लस टु पढ्दा उनले कपडा व्यवसायको क्षेत्रमा काम गरेका थिए । त्यही अनुभवका आधारमा नेपाल फर्किनेबित्तिकै उनले एउटा कपडा पसल खोले । भारत तथा चीनका बजारबाट तयारी कपडा ल्याउन भन्दा स्वदेशमै उत्पादन गर्दा सस्तो पर्ने भएपछि उनले यतातिर हात हाले ।

उनले भने, ‘विदेशमा बनेकाजस्तै गुणस्तरको यहाँ किन बनाउँन सकिँदैन ? हामी यही बनाउँन सक्छौ भन्ने लागेपछि हामीले यही तयारी कपडा उत्पादन सुरु ग¥यौँ ।’

२०६६/६७ सालतिरको कुरा हो, विदेशबाट फर्केपछि उनले ७ देखि १० लाख रुपैयाँ हाराहारी लगानी गरे । त्यो पनि आफ्नै फ्ल्याटमा ।

सुरुमा उनले ८ वटा मेसिन राखेर कपडा उत्पादन सुरु गरे । कस्तो हुँदो रहेछ भनेर काम सुरु गरे, नतिजा राम्रो निस्किदै गयो ।

विदेशबाट तयारी पोशाक ल्याउँदा एउटैमा २ सय ५० रुपैयाँसम्म बढी पथ्र्यो । आफुले उत्पादन गर्ने कपडामा सो रकम फाइदाको रुपमा नराखी बिक्री गर्दा सामानको माग बढेर गयो ।

त्यसपछि उनले कपडा सिलाउने क्षमताको बिस्तार गर्न थाले । ८ वठा मेसिनबाट २० हुँदै थप्दै लगे । उनको कम्पनीले जति पोशाक उत्पादन गरे पनि बजारमा सहजै खपत हुँदै गयो ।

उनले भने, ‘माग बढेको देखेपछि जति उत्पादन गर्दा पनि हुने रहेछ भनेर अहिले हामीले ३ सय देखि ४ सय जनासम्म राखेर काम सुरु गरेका छौँ । हाम्रो सफलता भनेकै अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका कपडाभन्दा गुणस्तरीय कपडा उत्पादन गर्नु हो ।’

अहिले थ्रेड कम्पनीबाट दैनिक २ हजारको संख्यामा कपडा उत्पादन हुन्छ । एक महिनामा ६० हजार देखि ८० हजारसम्म कपडा उत्पादन हुने गरेको छ ।

उनको गार्मेन्टमा दैनिक जीवनमा हामीले लगाउने गरेका अधिकांश प्रकारका कपडा उत्पादन हुन्छ । अहिले जाडोमा लगाउने २० प्रकारका कपडाको एकैपटक उत्पादन भइरहेको छ ।

३ बर्ष अघि ३ करोड लगानीबाट सुरु गरिएको कम्पनीको अहिले पुँजी थप विस्तार भएको छ । ३ सय देखि ४ सयसम्मले रोजगारी पाए पनि काम गर्ने मान्छे पाउन भने मुस्किल छ ।

स्वदेशी उत्पादन बलियो र राम्रो : कपडा स्वदेशमै खपत

उत्पादित सबै कपडा स्वदेशमैै खपत हुन्छ । बजारको माग अनुसार कपडा पु¥याउन नसकेको कृष्णले बताए । विदेशमा तयारी कपडा निर्यात गर्ने नेपालमा धेरै कम्पनी पनि छन् तर उनलाई ‘मेड इन नेपाल’ ब्राण्ड नेपालमै स्थापित गराउने सपना छ ।

जसरी अहिले नेपाली ब्राण्डका जुत्ताहरु स्थापित भएका छन्, त्यसैगरी स्वदेशमै उत्पादन भएका कपडा बलियो र स्तरीय हुन्छन् भन्ने स्थापित गर्ने अभियानमा उनी जुटेका छन् । अहिले उनको कम्पनीले सशस्त्र प्रहरीका लागि जाडोयामको ज्याकेट उत्पादन गरिरहेको छ ।

विदेशी तयारी कपडा र नेपालमा उत्पादन भएको कपडाको गुणस्तरमा कुनै फरक हुँदैन बरु नेपालमा उत्पादित कपडा सिलाईमा बलियो हुन्छ । चीनमा तयार भएर आएको कपडा र नेपालमा तयार भएको कपडा हेर्दा कुनै फरक नहुने उनले बताए ।

उनले भने, ‘विदेशमा तयार भएको कपडा र नेपालमा तयार भएको कपडा हेर्दा फरक नदेखिए पनि हामीले तयार पारेको कपडा नै बलियो हुन्छ ।

आफ्नै देशभित्र बिक्री गर्ने कपडा यस्तो भयो, उस्तो भयो भनेर गुनासो नआओस् भनेर गुणस्तरीय समान बनाउनेमा हामी एकदमै सेचत छौँ ।’ कपडा उत्पादन भइसकेपछि क्युसी जाँच गर्ने नै १० जना रहेको उनले बताए ।

‘धागो चेक गर्नेदेखि सिलाईमा मिलिमिटरसम्मको चेक गर्छौँ । क्युसीमा पास भएन भने लटमै हामी सामान चलाउदैनौँ,’ उनले भने, ‘सबै कुरामा कपडा ठिक भएपछि मात्रै प्याकिङ गरेर बजारमा पठाउँछौँ ।’

उत्पादित तयारी कपडा काडमाडौं उपत्यकासहित देशभरी नै खपत हुने गरेको छ । उनले भने, ‘नेपालका ७७ जिल्लामै हामीले उत्पादन गरेको सामान पुगेको छ ।’

संघर्षबाट सफलता

२०४४ माघमा रामेछापमा जन्मिएका कृष्ण २०६० सालमा एसएलसी दिएपछि उच्च शिक्षाका लागि काठमाडौँ आएका थिए । उनको बुवाले सानोतिनो व्यवसाय गर्ने गरेका थिए । बुटवलबाट मेसिन र हेटौँडाबाट सिमेन्ट लगेर घर छाउन प्रयोग हुने सिमेन्टको टायल उत्पादन गर्थे । तर बुवाको व्यवसाय चार पाँच बर्षभन्दा बढी चलेन ।

त्यो बेलादेखि कृष्णमा जागिर खानेभन्दा पनि व्यापारतिर लाग्नुपर्छ भन्ने सोचाई आएको थियो । व्यापार गर्ने सोच भए पनि बुवाले अँगालेको कामलाई निरन्तरता दिनेभन्दा फरक काम गर्ने उनको बिचार थियो ।

अध्ययन गर्दै कपडासम्बन्धी काममा लागेका उनले   कपडा व्यापार सम्बन्धी राम्रो ज्ञान हासिल गरे । काम गर्दै जाँदा अहिले तयारी कपडा उत्पादन गर्ने ठूलो उद्योग सञ्जालन गर्ने ठाउँसम्म आइपुगे ।

नेपाल गुणस्तर प्रमाण चिन्हका लागि प्रक्रिया

गुणस्तरीय तयारी कपडा उत्पादन गरिरहेको थ्रेड कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्तिका लागि पनि प्रक्रिया थालेको छ । बिस्तारै आफ्ना ब्राण्डका कपडामा अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र लिने र आगामी बैशाखसम्म थप ४ ब्राण्डका कपडा बजारमा ल्याउने लक्ष्य रहेको उनी बताउँछन् ।

तर विदेशमा निर्यात गर्नेगरी भन्दा पनि नेपालमा स्वदेशी कपडा सबैले लगाउने अवस्थामा पु¥याउने कम्पनीको लक्ष्य छ । उनले भने, ‘अबको पाँच वर्षभित्रमा हाम्रो १० वटा ब्राण्ड हुन्छ, काठमाडौँमा हामी त्यसको १० वटै आउटलेट खोल्छौँ । मुख्य मुख्य शहर बजारमा खोल्दै जान्छौँ । अबको पाँच वर्षमा विदेशी सामानभन्दा चार पाँच सय सस्तोमा गुणस्तरीय सामग्री बिक्री गर्ने हाम्रो लक्ष्य हो ।’

अहिले ६ ब्राण्डमा कपडाहरु उत्पादन गरिरहेको थ्रेड गार्मेन्टले आउँदो वैशाखसम्म थप चार ब्राण्ड थप्ने योजना बनाएको छ ।

वैदेशिक रोजगारीमा जानुपर्छ तर…

कृष्ण आफैँ पनि वैदेशिक रोजगारीको सिलसिलामा २ वर्ष मलेसियामा बसेर आएका हुन् । तर मुख्य पेशाकै रुपमा वैदेशिक रोजगारीलाई अँगाल्नु चाहीँ ठीक नहुने उनको ठम्याई छ । उनले भने, ‘हामी नेपाली जग्गा जमिन नभएको कमै हुन्छौँ होला । विदेशमा १५–२० हजारको काम गर्न जाने अनि देशमा यस्तो भयो, त्यस्तो भयो भनेर देशको चिन्ता गरेको देखिन्छ ।

अहिले युवामा अल्छिपन छ ।’ युवामा आफूले पनि केही गर्न सक्छु भन्ने जोस जाँगर नरहेको उनले बताए । ‘म पनि २ वर्ष मलेसियामा बसेँ तर मलाई देशमै केही गर्न सक्छु भन्ने सोचाई भने थियो ।

सानो स्केलबाटै मैले काम सुरु गरेको हुँ, एकैचोटी एक करोड, दुई करोड लगानी गरेको हैन,’ उनले भने, ‘मैले सात–दश लाख लगानी गरेर काम सुरु गरेको अहिले १० वर्ष भयो । यत्तिको ठाउँसम्म पुगिदो रहेछ ।’

वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशको साझा गुनासो हुन्छ– नेपालमा काम गर्ने वातावरण नै छैन, सरकारले केही गर्दैन । तर कृष्णराज यो कुरासँग सहमत छैनन् । सरकारले काम गर्न कसैलाई नरोकेको भन्दै उनी वैदेशिक रोजगारीका लागि जाँदा लाग्ने खर्चले नै स्वदेशमा सानो व्यवसाय सुरु गर्न सकिने बताउँछन् ।

दैनिक तीन–चार सय जनालाई रोजगारी दिन सक्दा उनलाई खुसी लाग्छ । उनले भने–‘कमाउने, नकमाउने आफ्नो ठाउँमा छ, हामीसँग जोडिएको मान्छेले कमाउँछन्, त्यो नै खुसीको कुरा हो । देशमै यत्तिको रोजगारी सिर्जना गरेर बस्न पाउँदा योभन्दा ठूलो खुसी अरु केही हुन्छ जस्तो लाग्दैन ।’

आगामी दिनमा धागोबाट कपडा बनाउने काम पनि नेपालमै गर्ने उनको उद्देश्य छ । रोल कपडा नै नेपालमा उत्पादन गरेपछि ग्राहकले तयारी कपडा अझै सस्तोमा पाउने उनी बताउँछन् ।

स्वदेशमा केही गर्न सकिएन भनेर वैदेशिक रोजगारीमा जानेहरुलाई उनको सुझाव छ–‘नेपालमा केही गर्न सकिएन भनेर वैदेशिक रोजगारीमा भौतारिन आवश्यक छैन, मेहनत ग¥यो भने यहीँ सुन फलाउन सकिन्छ । ’

स्वदेशका बेरोजगार युवाहरु र वैदेशिक रोजगारीमा जाने युवाहरुलाई उनले मेहनत र इमान्दार भएर काम गर्ने हो भने स्वदेशमै जे पनि गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण दिएका छन् । रातोपटी 

Related Posts

दशैं तिहारमा चिनी अभाव नहुने, मूल्य पनि नबढ्ने
अर्थ खबर

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

अर्थ खबर

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

भन्सार एजेन्टको परीक्षा फागुनको अन्तिम सातामा हुने
अर्थ खबर

आयात प्रतिबन्धले घट्यो राजस्व

बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता
अर्थ खबर

अर्थमन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने
अर्थ खबर

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

२२ मंसिर २०७६, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

२२ मंसिर २०७६, आईतवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

२२ मंसिर २०७६, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

२२ मंसिर २०७६, आईतवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

२२ मंसिर २०७६, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.