अभिनेत्री ऋचा शर्माले बिहे गरेकी छन्। उनले दीक्षेपविक्रम राणासँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई शनिबार शनिबार विवाहमा परिणत गरेकी हुन्।
उनले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउँदै आए पनि प्रेमीको नाम भने सार्वजनिक गरेकी थिइनन्। दीपेक्ष ललितपुरमा रहेको लबिम मलका म्यानेजर हुन्। शनिबार केही आफन्त र ईष्टमित्रको उपस्थिमा उनले विवाह गरेको बताएइएको छ।
विवाह लगत्तै उनले सामाजिक सञ्जाल ट्विटरमा श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छन् । ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशीर्वाद सदैब यसरी नै मिलोस्। ऋचा शर्मा र दिपेक्ष बिक्रम राना।’ नेपालखबर