शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

२५ जिल्लाको मेडिकल अनुगमनमा तीन निरीक्षक !

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
185
SHARES
325
VIEWS
FacebookTwitter
२५ जिल्लाको मेडिकल अनुगमनमा तीन निरीक्षक !

बाँके:  औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखामा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन । जनशक्तिको अभावमा वजारमा कम गुणस्तर, म्याद सकिएका, विभागमा दर्ता नभएका र चिकित्सक प्रमाणपत्रबिना बिक्री गर्न नपाइने औषधि बिक्री भइरहेको पाइन्छ ।

विभागको कार्यक्षेत्र तत्कालीन मध्य र सुदूरपश्चिमका २५ जिल्ला रहेको छ । तर अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित तीन जना मात्रै रहेका छन् । विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि रहेको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा उपचारका क्रममा दुईको मृत्यु भएपछि विभागसहित पुगेको प्रशासनको टोलीले छापा मार्दा नेपालमा दर्ता नभएका औषधि बिक्री भएको खुलेको थियो । त्यहाँ न त मेडिकल दर्ता थियो, न विभागमा दर्ता भएका औषधि नै ।

‘उजुरी र गुनासो आएका ठाउँमा अनुगमनमा प्राथमिकता दिने गरेका छौँ । कार्यक्षेत्र ठूलो र जनशक्ति कम हुँदा सबै ठाउँमा अनुगमन गर्न सकिरहेका छैनौँ । जनशक्तिले भ्याएसम्म फार्मेसी तथा मेडिकलको अनुगमन गरिरहेको छौँ ।’ औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाका प्रमुख नीनु श्रेष्ठले भने ।

अनुगमन नै नहुने भएपछि मेडिकल तथा फार्मेसी मापदण्डबमोजिम छन् वा छैनन् भन्ने यकिन गर्न सकिने अवस्था छैन । जिल्ला–जिल्लामा संयुक्त बजार अनुगमन समिति छन् ।

गाउँ नपुगे पनि सदमुकाममा हुने अनुगमनका क्रममा पसल दर्ता छन् वा छैनन् समितिले हेरे पनि विभागमा दर्ता भएका औषधिबाहेकका औषधि बिक्रीमा छन् वा छैनन् ठम्याउन सक्ने अवस्था छैन ।

शाखामा मात्रै २५ जिल्लाका चार हजार बढी औषधि बिक्रेता दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन । ‘नरैनापुरका प्रत्येक वडामा औषधि बिक्रेता छन्’, नरैनापुरका विनय दीक्षित भन्छन्, ‘अनुगमन नहुँदा उनीहरु कानूनी हुन् वा होइनन् स्थानीयवासीले कसरी ठम्याउने ?’

‘दर्ता पसलमा बिक्रीका लागि राखिएको औषधि जाँच मात्रै गर्नका लागि पुग्ने जनशक्ति छैन’, शाखा प्रमुख श्रेष्ठ भने, ‘तीन जना निरीक्षक सबै ठाउँ पुग्न सम्भव छैन ।’ मेडिकल दर्ताको जिम्मेवारी पनि शाखा कार्यालमै रहेको छ ।

विभिन्न जिल्लाबाट आउने सेवाग्राहीलाई सेवा दिन कम्तीमा चार जना कर्मचारी कार्यालयमै रहनुपर्ने बाध्यता समेत रही आएको छ ।

‘विभागले हेरेन भन्ने गुनासो आउँछ, हाम्रो जिम्मेवारी पनि हो, तर जनशक्ति कम हुँदा सबै ठाउँ पुग्न नसकेका हौँ’, शाखा प्रमुख श्रेष्ठले भने । सङ्घीयतापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा पनि छ ।

तर, सबै स्थानीय तहले अनुगमन समिति बनाएका छैनन् । बनाएका स्थानीय तहसँग पनि सबै क्षेत्रका विज्ञ उपलब्ध हुने अवस्था छैन ।

‘स्थानीय तहले पनि फार्मेसी निरीक्षकसहितको अनुगमनको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय निकायमा छ, कम्तीमा फार्मेशी निरीक्षकको व्यवस्था हुने हो भने बेथिति छ÷छैन अनुगमन र भए नियन्त्रण गर्न सहज हुन्थ्यो ।’ यस वर्ष विभागले गरेको अनुगमनमा चार मुद्दा दर्ता भइसकेका छन् ।

स्वघोषित चिकित्सक’ विरुद्ध मुद्दा

बाँकेको नरैनापुर–५ का एक स्वघोषित चिकित्सकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ । चिकित्सकको उपचारकै कारण दुईको मृत्यु भएको आशङ्कापछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो । यद्यपि, आरोपित चिकित्सक भने फरार छन् ।

मङ्सिर दोस्रो साता ‘झोले चिकित्सक’ भारत श्रावस्ती जिल्लाको मनकौराका राजेश सिंहले उपचार गर्दा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी–७ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बाँके प्रशासन र औषधि व्यवस्था विभागले समेत मेडिकलमा छापा मारेको थियो ।

त्यसक्रममा दुई औषधि पसलको औषधि नियन्त्रणमा लिएको र एउटा औषधि पसललाई बन्द गरिएको थियो । ‘अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा बोल्न मिल्दैन’, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिग्देलले भने, ‘मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको छ ।’ राजधानी दैनिक

Related Posts

महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको मृत्यु
स्वास्थ्य

साउनदेखि हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु

जाजरकोटका स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता
स्वास्थ्य

७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

नयाँ भेरियन्ट ओमिक्रोन बेइजिङमा पनि देखियो, हिउँदे ओलम्पिक प्रभावित हुने
स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

२२ मंसिर २०७६, आईतवार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

२२ मंसिर २०७६, आईतवार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

२२ मंसिर २०७६, आईतवार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

२२ मंसिर २०७६, आईतवार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

२२ मंसिर २०७६, आईतवार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.