सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

ट्रम्प–मुन उत्तर कोरियासँग वार्ता गर्न सहमत

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
167
SHARES
316
VIEWS
FacebookTwitter
ट्रम्प–मुन उत्तर कोरियासँग वार्ता गर्न सहमत

सोल: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरूबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरूबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपको अवस्था झन् खराब हुँदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निःशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ ।

यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन् बढी समस्या देखिएको बताएका थिए । शनिबार बिहान भएको फोन वार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ ।

सो वार्तापछि दुवै देशका राष्ट्रपति उत्तर कोरियासँग वार्तामार्फत समस्या समाधान गर्न सहमत भएका हुन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ताको मिन जुनले भनेका छन्, ‘वार्ता कोरियाली प्रायद्वीपको वर्तमान अवस्थाबारे थियो र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हँुदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा उहाँहरू सहमत हुनुभएको छ ।’

प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गरेको जानकारी दिए । टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उनले जानकारी दिए ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले शुक्रबार बताएको थियो । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणा राखेका थिए ।

उनले भने, ‘आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम भएको छ भन्ने लाग्दैन, उनीहरू अझै पनि यस विषयमा वार्तामा नै छन् । यस विषयमा हालै मात्र पनि उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

उत्तर कोरियाले पनि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो ।’तर, दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उनको भनाइ थियो ।

उत्तर कोरिया र अमेरिकाबीच शान्ति वार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको उपप्रवक्ता किम इयोन हानले सोलमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

हालै मात्र एक जना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाइ सार्वजनिक गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको विरोध गरेका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य शक्ति पनि प्रयोग हुन सक्ने भन्दै यसको सम्भावनाबारे धारणा राखेका थिए । सो विषयमा उत्तर कोरियाले अमेरिकाको विरोध गरेको छ । गत मंगलबार उनले नेटोको बैठकका क्रममा सो धारणा राखेका थिए ।

तर, यस भनाइको उत्तर कोरियाले व्यापक विरोध गरेको छ । राष्ट्रपति ट्रम्पले सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाविरुद्ध गर्नु नपरोस् यदि गर्नुप¥यो भने पनि अमेरिकाले गर्नेछ भनी टिप्पणी गरेका थिए ।

अमेरिका र उत्तर कोरियाको यो भनाइपछि शुक्रबार यता दक्षिण कोरियाका तर्फबाट पनि यस्तो भनाइ सार्वजनिक भएको थियो । यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणबारे कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो ।

केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निःशस्त्रीकरणमा नजाने हो भने संयुक्तराज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताएका थिए ।

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो । तर पनि उत्तर कोरियालाई आणविक शस्त्रमुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ ।

तैपनि, आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो ।
हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएको थियो ।

पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोहीबमोजिम काम गरिरहेको बताइरहेको भए पनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाइ छ । राजधानी दैनिक

Related Posts

नेपालमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग
अन्तर्राष्ट्रिय

नेपालमा युरेनियमको खोजिमा भारतीय सुरक्षाकर्मी सक्रिय

जापानमा रोजगारी दिने सहमति
अन्तर्राष्ट्रिय

जापानमा रोजगारी दिने सहमति

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो
अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति
अन्तर्राष्ट्रिय

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

भारतमा आज राष्ट्रपति निर्वाचन
अन्तर्राष्ट्रिय

भारतमा आज राष्ट्रपति निर्वाचन

नेकपामा गुटगत भेला बाक्लियो, प्रचण्ड निवासमा पूर्व माओवादी निकट स्थायी कमिटी सदस्यहरुको छलफल
अन्तर्राष्ट्रिय

अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

२२ मंसिर २०७६, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

२२ मंसिर २०७६, आईतवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

२२ मंसिर २०७६, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

२२ मंसिर २०७६, आईतवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

२२ मंसिर २०७६, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.