आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सडक खन्दा धितो राखेको खेत बेचियो

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
383
SHARES
437
VIEWS
FacebookTwitter
सडक खन्दा धितो राखेको खेत बेचियो

दमौली: गाउँमा मोटरबाटो खन्दा लिलाम भएको खेत अझै फिर्ता भएको छैन । ऋषिङ्पाटन बूढाकोट धारुङभज्याङ् मोटरबाटो खन्दा भिमाद–५ का लोकबहादुर थापा र नारद गैह्रेले धितो राखेको खेत साहुले लिलाम गरिदिएका थिए ।

सडक खन्दा बाँकी रहेको ७ लाख ७० हजार रुपैयाँ भुक्तानी नभएपछि भिमादबजारका साहु देवबहादुर ज्वारचनले धितो राखेको उक्त जग्गा बेचिदिएका हुन् । व्यक्तिगत लेनदेन नभई गाउँको विकासका लागि साहुँसँग आर्थिक कारोवार गरेको तर अहिले समस्यामा परिएको थापाले बताए ।

‘बाटो खन्दा एक्साभेटर प्रयोग गरेको भाडा समयसमयमा तिर्दै आएका थियौं । भाका अनुसार पूरै रकम चुक्ता गर्न सकिएन,’ उनले भने, ‘त्यही समयमा मेरो छोरा गम्भिर बिरामी भएकाले पोखरा र काठमाडौ उपचारमा व्यस्त भएँ । अदालतमा मुद्धा हालेर जग्गा लिलामी गरिएछ ।’

ज्वारचनले मोटरमार्गका तत्कालिन अध्यक्ष गणेशप्रसाद गैह्रे, जग्गा धितो राख्ने थापा र नारदलाई प्रतिवादी बनाएर जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरेकोमा ०७२ बैशाख १७ मा उक्त जग्गा ज्वारचनको नाममा हुने फैसला गरेको थियो ।
थापा र गैह्रेका नाममा रहेको दुवै जनाको खेत २६ लाख १० हजार ९ सय ६९ रुपैयाँ ७६ पैसामा लिलाम गरिएको थियो । थापाको नाममा रहेको साभुङ भगवतीपुरको कित्ता नम्बर ११६ को ४ रोपनी १ आना १ पैसा क्षेत्रफलको खेतलाई २० लाख ३३ हजार ३ सय रुपैयाँमा लिलाम गरिएको थियो ।
त्यस्तै नारदका नामको कित्ता नम्बर ११३ को २ रोपनी जग्गा मध्ये १ रोपनी ८ आना जग्गा १ लाख ६५ हजार १ सय ६९ रुपैयाँ ७६ पैसा र कित्ता नम्बर १३ को ४ रोपनी २ आना खेतलाई ४ लाख १२ हजार ५ सय रुपैयाँमा लिलाम भएको हो ।

अदालले आफ्नो नाममा जग्गा बनाइदिए पनि बाँकी रकम भुक्तानी गरे जग्गा फिर्ता गर्ने ज्वारचनले वचन दिएका थिए । उनले त्यसो भने पनि पछि जग्गा बेचेका हुन् । जग्गा भिमाद–२ घर भई हाल भिमाद बजार बस्ने कल्पना सुवेदीको नाममा ०७४ फागुन २९ मा ज्वारचनले नामसारी गरिदिएको मालपोत कार्यालयको तथ्याङमा छ ।
जग्गा सुवेदीले बैंक रोक्कासमेत गरेका छन् । मोटरमार्ग उपभोक्ता समितीले लोकबहादुर र नारदको जग्गा फिर्ता गर्न पैसा लिएर कल्पनाका श्रीमान ध्रुव सुवेदीलाई लिएर साहुँ ज्वारचनलाई भेट्न गए पनि पार लागेन ।
जग्गा फिर्ता गर्न उपभोक्ता समितिले तिर्नुपर्ने रकम तिर्ने भनेर जाँदा पनि ज्वारचनले सुवेदी देखाउने र सुवेदीले ज्वारचनलाई देखाएर छलकपट गरिरहेको स्थानीयले बताए ।  सुवेदीले जग्गाधनी थापा र गैह्रेलाई मात्र बोलाएर छलफल पनि गरेका थिए ।
लोकबहादुरले भने, ‘ध्रुवजीले ज्वारचनसँग जग्गा पास गर्दा ८० लाख रुपैयाँ थैली राखेको भन्नु भयो ।  हामीले तिर्न बाँकी जम्मा ७ लाख ७० हजार रुपैयाँ हो भन्यौ । थैली बढी राखेकाले बढी राजश्व तिरेको र व्याज रकम गरी २८ लाख रुपैयाँ दिए जग्गा फिर्ता गर्ने ध्रुवजीले भनेकाले अप्ठेरो परेको छ ।’
सामाजिक काम गर्दा गरेको व्यवहार हो । हामी दुवै जनाले निर्णय गर्न सक्दैनौं भनेर हामी गाउँलेसँग छलफल गछौ भनेर घर फर्केको उनले बताए । गाउँ भेलाले बढी रकम तिर्न नसक्ने निर्णय गरेको छ ।
बाँकी रकम तिर्नका लागि स्थानीय र बुद्धीजीवी मिलेर रकम संकलन गरेको मोटरमार्गका तत्कालिन कोषाध्यक्ष रणबहादुर थापाले बताए । ‘बाटो खनेको रकम तिर्न चन्दा संकलन गरेर राखेका छौ,’ उनले भने, ‘संकलित ८ लाख रुपैयाँ बैंकमा छ ।’
जग्गा लिलाम भएपछि पनि ज्वारचनले उपभोक्ता समितिसँग रकम भुत्तानी लिएको मोटरमार्ग उपभोक्ता समितिका तत्कालिन अध्यक्ष गणेश गैह्रेले बताए । ‘जग्गा लिलामपछि पनि समितीले रकम भुक्तानी गरेका छौ,’ उनले भने, ‘दुई लाख रुपैयाँ भुक्तानी दिएका छौं ।’

ज्वारचनले समयमा रकम भुक्तानी नदिएकाले आफुले पाउनुपर्ने रकम पाउनका लागि कानुनी प्रक्रियामा गएको बताए । अदालतले आफ्नो नाममा जग्गा बनाए पनि जग्गाधनीलाई रकम भुक्तानीका लागि ६ महिना समय दिएकोमा पैसा भुक्तानी नगरेपछि सुवेदीलाई बिक्री गरेको उनको भनाइ छ ।

तत्कालिन भूमिसुधार तथा व्यवस्थामन्त्री भिमप्रसाद गौतमको आश्वासनले गाउँमा मोटरबाटो खन्नका लागि लोकबहादुर र नारदको नाममा रहेको जग्गा भिमाद ज्वारचनसँग तमसुक बनाएर एक्साभेटर लगेका थिए । मोटरमार्ग आर्थिक वर्ष ०६६/६७ मा खनिएको हो ।
मोटरबाटो खन्दा ३ सय १८ घण्टा लागेको थियो । प्रतिघन्टा ४ हजार ५ सय २० रुपैयाँका दरले सडक खनिएको थियो । एक्साभेटरबाहेक काठमाडौंबाट प्रतिदिन १५ हजार रुपैयाँका दरले ब्रेकर ल्याइएको थियो ।
ब्रेकरको ढुवानी रकम र चार दिन ब्रेकर प्रयोग गरेको खर्च गरी ९० हजार रुपैयाँ लागेको थियो । मोटरबाटो र ब्रेकर खर्च तत्कालीन जिविसबाट २ लाख, गाविसबाट १ लाख र स्थानीयबाट चन्दा संकलन गरी तिरेपनि बाँकी ७ लाख ७० हजार रुपैयाँ मात्र ऋण छ ।
मोटरबाटो खनेपछि तिनै मन्त्री गौतमले मोटरबाटोको उद्घाटनसमेत गरेका थिए । उद्घाटनमा सबै गाउँलेलाई साक्षी राखेर मोटर बाटो खन्दा लागेको १८ लाख रुपैयाँ मन्त्री परिषद्को बैठकबाट पारित गरी बजेटको व्यवस्था गरिदिने मन्त्री गौतमले प्रतिबद्धता गरेका थिए । कान्तिपुर 

Related Posts

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता
भर्खर

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने
अर्थ खबर

पेट्रोलको चरम अभाव सुर्खेतमा मंगलबारबाट आपूर्ती सहज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

२२ मंसिर २०७६, आईतवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२२ मंसिर २०७६, आईतवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

२२ मंसिर २०७६, आईतवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

२२ मंसिर २०७६, आईतवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

२२ मंसिर २०७६, आईतवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.