बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

संगीताको स्वर्ण आँसु्, कुस्तीको ऐतिहासिक सफलता

होस्ट खबर by होस्ट खबर
२२ मंसिर २०७६, आईतवार
191
SHARES
360
VIEWS
FacebookTwitter
संगीताको स्वर्ण आँसु्, कुस्तीको ऐतिहासिक सफलता

जनकपुर: रिङमा उत्रिनेबित्तिकै नेपालकी संगीता धामीले बंगलादेशकी रिमी सरकारलाई दबाबमा राखिन् । टाउको जोडेर पाखुरा बेस्सरी कसेर उनले रिमीलाई हलचल गर्न दिइनन् । रिमीले टाउको उछिट्याउँदै संगीताको खुट्टा कस्न धेरै प्रयास गरिन् ।

संगीता खुट्टा पर सार्दै रिमीलाई म्याटमा पछारिन् ।  ‘नेपाल नेपाल’ हुटिङले जनकपुरको कभर्डहल गुन्जियो । धेरैबेर एउटै अवस्थामा बंगलादेश खेलाडी रिमीलाई रोकेर राखेकी धामीले चतुर्‍याइँ देखाउँदै अंक थपिन् । दर्शक उभिएर उनको हौसला बढाइरहे ।

पहिलो हाफमा संगीताले ३ अंक जोडिन् । रिमीलाई शून्यमै रोकिराखिन् । दोस्रो हाफमा दुवै खेलाडीले खेल रणनीति बदले ।

संगीताले रिमीलाई रोकेर राख्ने र रिमीले संगीतालाई रिङआउट गरेर अंक थप्ने रणनीति अपनाए । बंगलादेशकी खेलाडी सरकारले धामीलाई रिङआउट गरेर १ अंक थपिन् ।

पाखुरा कसिलो कसेर संगीताले रिमीलाई हलचल गर्न दिइनन् । म्याटमा लडाएर उनले करिब १ मिनेट होल्डमा राखिन् । संगीताको कसिलो काबुमा रहेकी रिमी टसमस हुन सकिनन् ।
यही रणनीतिमा संगीताले १३ औं दक्षिण एसियाली खेलकुदको कुस्तीमा स्वर्ण पदक जितेकी छन् । उनले जितेको यो पदक नै सागमा नेपालले जितेको कुस्तीको पहिलो स्वर्ण हो । उनले महिला ५५ केजी तौलमा उक्त पदक जितिन् ।

जितको घोषणासँगै संगीता राष्ट्रिय झन्डा बोकेर दौडिइन् । हर्षको आँसु चुहाइन् । स्वर्ण जितेपछि संगीतालाई काँधमा बोकेर कुस्ती संघका वरिष्ठ उपाध्यक्ष सलिम मियाँ अन्सारी रिङमा कुदे । संगीतालाई बधाईको ओइरो लाग्यो । उनले खुसी थाम्न सकिनन् ।
भक्कानिएर रुन थालिन् । ‘कुस्तीमा नेपाललाई पहिलो स्वर्ण दिलाएको छु,’ संगीताले भनिन्, ‘यो खुसीको आँसु हो । अब कुस्तीले पनि नेपाललाई चिनाउने छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की संगीता आमा तानादेवीसित बस्छिन् । १९ वर्षीया उनकी तीन दिदीबहिनी छन् । सानै छँदा बुबा परिवार छोडेर टाढिए । स्वर्ण जित्दा उनी बुबालाई सम्झँदै पनि भक्कानिइन् । गरिब परिवारमा हुर्केकी संगीता स्नातक अध्ययनरत छिन् ।
देशका लागि कुस्तीबाट पहिलो स्वर्ण दिएकामा उनी हर्षित भइन् । कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द महिला खेलाडी खोज्न महेन्द्रनगरको धेरै स्कुल चाहारे । ‘कुस्ती खेल्ने इच्छा हुनेहरू आऊ’ भन्दै प्रशिक्षक चन्द स्कुल–स्कुल डुले ।

बल्ल ३० छात्राले कुस्ती खेल्ने इच्छा देखाए । इच्छा देखाउनेमा संगीता थिइन् । समतल ठाउँमा अलि अलि माटो खनेर संगीतासहितको टोलीलाई चन्दले कुस्ती सिकाउन थाले । ‘संगीता अलि मिहिनेती र आँटिली थिइन्,’ प्रशिक्षक चन्दले भने, ‘सिकाएको कुरा टक्क टिपिहाल्ने । अभ्यासमा त्यसलाई प्रयोग गर्थिन् ।’
संगीताले स्वर्ण जित्दा प्रशिक्षक चन्द पनि कम्ता खुसी थिइनन् । ‘संगीताको मिहिनेत र लगनले देशले कुस्तीबाट पहिलो स्वर्ण पाएको छ,’ उनले भने ।

हेपिएको कुस्ती

साग टिममा छनोट भएपछि संगीताले ५ महिना हेटौंडामा प्रशिक्षण लिइन् । कुस्तीका नयाँ पैतरा सिकिन् । त्यसअघि उनी आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्थिन् ।

कुस्तीमा नेपालको निराशाजनक प्रदर्शनले यो खेलले आफ्नै देशमा महत्त्व पाएन । मधेसको अखाडामा मेला–पर्वमा रमाइलोका लागि खेलिने कुस्तीमा राज्यको लगानी शून्य छ । खेलाडीले आफ्नै मिहिनेत र लगनले सागमा नेपाललाई पहिलो स्वर्ण जिताएको छ ।
कुस्तीलाई सरकारले प्राथमिकतामा नराखेको र खेलाडीलाई उतिसारो महत्त्व नदिएकोमा सागका पदकधारीहरूले खिन्नता व्यक्त गरे ।

त्यसैले त होला, स्वर्ण जितेको खुसीको क्षणमा पनि कुस्तीका प्रशिक्षक चन्दले तालिम गर्ने ठाउँसमेत नरहेको बताउनुपर्‍यो । ‘खेल हुँदा मात्रै हामीलाई सोधीखोजी गर्छन्,’ प्रशिक्षक चन्दले भने, ‘अरु बेलामतलब राख्दैनन् ।’

कुस्ती संघका वरिष्ठ उपाध्यक्ष अन्सारीले सागमा पनि कुस्ती नेपालका लागि कम प्राथमिकतामा रहे पनि पहिलो स्वर्णले यसप्रति राज्यको दृष्टिकोण फेरिने दाबी गरे ।

‘कुस्तीका खेलाडीलाई राम्रो तालिम दिन सकिएको छैन । खेल अभ्यास गर्ने ठाउँ पनि छैन,’ अन्सारीले भने, ‘पर्याप्त पूर्वाधार र तालिम नहुँदा पनि खेलाडीले देश सम्झिएर खेले र स्वर्ण जिते ।’

आठौं सागमा नेपालले कुस्तीमा ५ कांस्य र भारतको गुवाहाटीमा भएको १२ औं सागमा २ कांस्य जितेको थियो । जनकपुरमा भइरहेको साग कुस्तीमा अहिलेसम्म नेपालले १ स्वर्ण, २ रजत र ६ कांस्य जितिसकेको छ ।
‘कुस्तीमा मेडल आउँदैन भनेर हेला गरिएको थियो,’ अन्सारीले भने, ‘स्वर्ण जित्न खेलाडीलाई हामीले हौसला बढायौं । उर्जा थप्ने काम गर्‍यौं । अब हौसला र उर्जासँगै उनीहरूलाई तालिम गर्ने एकेडमी चाहिएको छ ।’
कुस्तीको एकेडेमी बनाउन सरकारलाई आग्रह गर्ने र खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिए सागमा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने उनको दाबी छ ।

दुई दिनमै ९ पदक

साग कुस्तीको शनिबार ७ तौल समूहमा भारतले ४ स्वर्ण, पाकिस्तानले २ स्वर्ण र २ रजत, नेपालले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेका छन् ।  कुस्तीमा श्रीलंकाले ३ रजत र बंगलादेशले १ रजत र १ कांस्य पदक जितेका हुन् ।
नेपालबाट महिला ५५ केजी तौलमा संगीता धामीले स्वर्ण जितिन् । अम्बिका भण्डारीले ५७ केजीबाट रजत जितिन् । पुरुषतर्फ ७० केजीबाट सुरेश यादव, ७९ केजीबाट बुन्नीलाल राजु र १ सय २५ केजीबाट राज यादवले कांस्य पदक जितेका थिए ।
भारतका लागि पुरुषतर्फ १ सय २५ केजीबाट सुमित, ९७ केजीबाट कडियन सत्यवर्ती र महिलातर्फ ५७ केजीबाट सरिता र ७६ केजीबाट गुरुचरण प्रितले स्वर्ण जिते । ७० केजीबाट पाकिस्तानका इनायत उल्हा र ७९ केजीबाट अब्दुल रेहमानले स्वर्ण जिते ।
पुरुषतर्फ ९७ केजीबाट पाकिस्तानका तैयब राजा र १ सय २५ केजीबाट जमन अनवरले रजत दिलाए । पुरुषतर्फ ७० केजीबाट श्रीलंकाका अनिल, ७९ केजीबाट श्रीलंकाकै चनक र महिला ७६ केजीबाट चनीले रजत जिते ।
बंगलादेशकी रेमी सरकारले रजत र पुरुष ९७ केजीबाट हवलदेर रसिदले १ कांस्य पदक जिते । जनकपुरमा जारी २० स्वर्णका भएको प्रतियोगितामा ११ स्वर्णको फैसला भएको छ । कान्तिपुर

Related Posts

फिफाले उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने निर्णय गर्यो
खेलकुद

नेपालको फुटबल वरीयता खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
खेलकुद

एन्फा अध्यक्षमा शेर्पा पराजित, प्रशिक्षक अल्मुताइरी बिदा हुनसक्ने

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

यू-१९ विश्वकप छनोटमा भुटानको सामना गर्दै नेपाल
खेलकुद

एसीसी महिला टी-२० मा आज नेपालले बहराइनसँग खेल्दै

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२२ मंसिर २०७६, आईतवार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२२ मंसिर २०७६, आईतवार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२२ मंसिर २०७६, आईतवार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२२ मंसिर २०७६, आईतवार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२२ मंसिर २०७६, आईतवार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२२ मंसिर २०७६, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.