जनकपुरधाम: प्रहरीले धनुषाबाट ठूलाे मात्रामा सुनचाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाबाट खटिएको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदी र १ सय २६ ग्राम सुनसहित पक्राउ गरेको नम्बर ८ गण हेडक्वाटर धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जयप्रकाश यादव रहेको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए।यादवलाई शनिबार धनौजी गाउँपालिका वडा नंं ४ भडरीयामा नेपालबाट भारततर्फ लजाँदै गरेको सुनचाँदीसहित पक्राउ गरिएको हो।
पक्राउ परेका यादवसँग रहेको सुन र चाँदीको बजार मूल्य करिब १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको प्रहरी उपरीक्षक उप्रेतिले जानकारी दिए।
साइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा यादवलाई चेकजाँच गरीएको थियो। पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ। देशसञ्चार