बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

म एउटी छाउपडी रिपोर्टर !

होस्ट खबर by होस्ट खबर
२१ मंसिर २०७६, शनिबार
237
SHARES
331
VIEWS
FacebookTwitter
म एउटी छाउपडी रिपोर्टर !

(अछाम) — म कान्तिपुरको अछाम संवाददाता हुँ, तर यहाँ मलाई धेरैले ‘छाउपडी रिपोर्टर’ भन्दै जिस्क्याउँछन् । खासमा जिस्क्याउने मात्र गर्दैनन्, कहिलेकाहीं गाली गर्छन् र धम्क्याउँछन् पनि । अब त यस्ता घटना सामान्य भइसके।

मैले यहाँ छाउगोठमा दु:ख पाएका, मृत्यु भएका महिलाहरूका बारेमा समाचार लेख्दै आएकी छु । लेख्न त अरू विषयमा पनि लेख्छु तर छाउपडी कुप्रथाविरुद्ध धेरै लेख्ने गरेकाले होला, मलाई यहाँ छाउपडी रिपोर्टर भनेर होच्याउने गरिएको ।

तर, कुनै बेला आफैं छाउगोठमा बस्नु परेकाले मलाई यसको दु:ख–पीडा थाहा छ । खासमा त्यसैले ऊर्जा दिइरहन्छ यसबारे लेख्न–बोल्न  तर यो काम सजिलो भने छैन । छाउपडीको समाचारले अछामको बदनाम भयो भन्दै कतिपय राजनीतिक नेता, कर्मचारी र जनप्रतिनिधिले आपत्ति प्रकट गर्छन् ।

हतोत्साह बनाउन पनि खोज्छन् । अछाममा पछिल्लो दशकमा १४ जना महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा बसेको अवस्थामा ज्यान गुमाउनुपरेको छ । अरू हजारौं दिदीबहिनीले दु:ख भोगिरहेका छन् । अब भन्नुस्, म छाउपडीविरुद्ध लेखूँ कि नलेखूँ ?

छाउप्रथा हटाउने राजनीतिक नारा घोषणामै सीमित भइरहेको समाचार थुप्रै लेखे पनि छाउगोठमा ज्यान गुमाएकी महिलाबारे घटनास्थलमै गएर राम्रोसँग रिपोर्टिङ गर्न पाएको पहिलो घटना तिमिल्सैनकी २१ वर्षीया डम्बरा उपाध्यायको थियो ।
दुर्ई वर्षअघि महिनावारी भएर छाउगोठमा बसेका बेला उनको निसासिएर मृत्यु भयो । डम्बराको दु:खान्तको स्थलगत रिपोर्टिङ लेख्दा मेरा औंला काँपेका थिए ।  आफूजस्तै दिदीबहिनीले यो कुप्रथाका कारण ज्यान गुमाउनु परिरहेको घटना त्यसपछि मैले नजिकबाट देख्न थालेँ ।
छ महिनाअघिको एक घटनाले भने मलाई अझै छोइरहन्छ ।  गत जेठ २७ गते छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भयो तर गाउँले, जनप्रतिनिधि, स्थानीय स्वयंसेविकालगायतले छाउगोठमा बस्दा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे ।
पार्वतीसँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिए । नातागोता, चिनजान र इष्टमित्र कसैलाई पार्वतीको अनुहारसमेत हेर्न नदिई गाउँलेले हतारहतार अन्तिम संस्कार गरिदिए । मिडियालाई सर्पले टोकेर मृत्यु भएको भन्ने जानकारी दिएर छाउगोठमा ज्यान गएको कुरा बाहिर आउँदैन भन्ने त्यहाँका जनप्रतिनिधिलगायत सरोकारवालाको बुझाइ थियो ।
त्यो समाचार सुनेर मेरो मनमा चिसो पस्यो । कतै पार्वतीको छाउगोठमै ज्यान गएको त होइन भन्ने कुराले पिरोल्न थाल्यो । त्यही बेला मैले पार्वतीकी दिदी प्रेमकलाबारे थाहा पाएँ । प्रेमकलालाई महिनावारी हुँदा महिलालाई गोठमा राख्ने चलन नै चित्तबुझ्दो रहेनछ ।

त्यसमाथि आफ्नै बहिनी छाउगोठमा मारिएको र गुपचुप अन्तिम संस्कार गरिएकामा उनलाई पीडाबोध भएको रहेछ । फेसबुकलाई धन्यवाद ! प्रेमकलाले आफ्नो मनको बह पोख्दै त्यसमा एउटा स्टाटस पोस्ट गरिन् । अनि मैले उनीसँग म्यासेन्जरमा कुरा गर्न थालेँ ।

समाज एक भएको बेला त्यसविरुद्ध उभिने साहस बटुल्न प्रेमकलालाई सजिलो थिएन । मैले उनको फोन नम्बर मागेँ । अचेल गाउँगाउँमा मोबाइल पुगेपछि सम्पर्क गर्न सजिलो हुन्छ ।  फोनमा हाम्रो झन्डै ४५ मिनेट कुराकानी भयो । त्यसपछि उनले पार्वतीको छाउगोठमै ज्यान गएको कुरा विस्तारमा बताइन् ।

छाउगोठमा ज्यान गएको सबैले थाहा पाए गाउँको बेइज्जत हुन्छ र परिवारका सदस्यलाई प्रहरीले लैजान्छ भनेर हतारहतार पार्वतीको दाहसंस्कार गरिएको सबै घटना दिदी प्रेमकला बुढाले सुनाइन् ।

पार्वतीको छाउगोठमा मृत्यु भएको विस्तृत समाचार कान्तिपुरमा प्रकाशित भएपछि हल्लीखल्ली भयो । पार्वतीको गाडेको शव निकालेर जिल्ला सदरमुकाममा पोस्टमार्टम गराउनु भन्दै प्रहरी, प्रशासनलाई केन्द्रबाटै दबाब आयो ।

गाउँमै घटना हुँदा पनि थाहा नपाएझैं गरेका प्रहरीहरू चिहानबाट शव निकालेर ३० कोस टाढाको जिल्ला अस्पताल पुर्‍याएर पोस्टमार्टम गर्न बाध्य भए । तर, त्यसको पीडा प्रेमकलाले नै भोग्नुपर्‍यो । उनकै कारण कुहिन लागेको शव बोकेर जिल्ला अस्पताल पुर्‍याउनुपरेकामा गाउँलेले आक्रोश पोखे ।

समाचार लेख्नेलाई र गाउँबाट जानकारी दिनेलाई मार्छौं भन्ने खालका धम्की आउन थाले । परिवार, समाज, आफन्त कोही प्रेमकलाको साथमा थिएनन् । उनलाई जतिबेला आफन्त र गाउँलेबाट दबाब आउँथ्यो, मलाई फोन गर्थिन् ।
एक दिन रातको १२ बजेको थियो, प्रेमकलाको फोन आयो । उनले भनिन्, ‘दिदी यो समाजले मलाई बाँच्न नदिने भयो, कि आफैं मर्, कि हामी मार्छौं भन्ने दबाब दिन थाले । मंगलसेन आउँदा तपाइँलाई पनि आक्रमण गर्ने कुरा गर्दैछन् । तपाईं सुरक्षित रहनुहोला । म त अब मर्नलाई तयार भइसकेँ ।’

यो कुरा सुन्दा म आकाशबाट खसेझैं भएँ । मलाई समाचार लेखेकैमा पछुतोजस्तो भयो । एउटी किशोरीको छाउगोठमा ज्यान गएको सत्य घटना लेख्दा उल्टो उनकी दिदीको समेत ज्यान जोखिममा परेको सुन्दा चिन्ताले सतायो, तर प्रेमकलाले यसो पनि भनेकी थिइन्, ‘मैले नै जानकारी दिएको कुरा लेख्नुहोला, यो समाजका विकृतिबारे बोल्न मलाई डर छैन ।’

मैले त्यस रात ३ बज्दासम्म उनीसँग फोनमा कुरा गरेँ । उनको आत्मबल बढ्दै गयो । उता उनकी बहिनीको शव पोस्टमार्टमका लागि मंगलसेन पुगिसकेको थियो । मैले भनेँ जिउँदी प्रेमकलालाई बचाउनु थियो ।

यता आफू पनि सुरक्षित रहनु थियो । चार दिनसम्म गाडेको शव गाउँबाट बोकेर ल्याउँदा गाउँलेहरू आक्रोशित हुनु स्वाभाविकै थियो । मलाई पनि पटकपटक मार्ने धम्की दिए । ‘तेरै कारणले गाडेको शव ल्याउन बाध्य भयौं, अब तेरो ज्यान जान्छ’ भन्दै नानाथरी कुरा गर्थे ।

म भने जस्तोसुकै परिस्थितिको सामना गर्न आफैंले आफैंलाई तयार पार्दै थिएँ । प्रेमकलाजस्ता थुप्रै किशोरी मेरो साथमा थिए । सबभन्दा खुसीको कुरा प्रेमकलाको साहस साँच्चै बढेका थियो ।
अहिले उनी दुर्गम गाउँमा महिनावारी हुँदा छाउगोठ नगई आफ्नै घरमा बस्छिन् । महिनावारीका बेला कुनै किशोरी, युवती या महिलाले ज्यान गुमाउनु नपरोस् भन्दै आवाज उठाउँछिन ।
सिंगो गाउँ महिनावारी बार्नपर्छ भन्ने सोचले ग्रस्त भएको समाजमा उनी यस्ती युवती हुन्, जो एक्लै विद्रोहमा उत्रिएकी छन् ।तर उनकी बहिनी पार्वतीले भने उसबेला न्याय पाइनन् ।

उनको शवको पोस्टमार्टम भयो, तर छाउगोठमा सर्पले डसेर मारेको प्रमाणित भए पनि कसैमाथि कानुनी कारबाही हुन पाएन । त्यसलाई त्यसबेला ‘नैतिक अपराध’ मात्र मानिन्थ्यो ।

केहीअघि मुलुकी अपराध संहिता लागू भएपछि भने यसलाई ‘फौजदारी अभियोग’ मान्न थालिएको छ । उक्त संहिताको दफा १६८(३) मा कसैले महिनावारी भएकै कारण छाउगोठ पठाए वा विभेद गरेमा तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
भर्खरै छाउगोठमा ज्यान गुमाएकी अर्की पार्वतीको घटनामा पहिलोपटक यो कानुन आकर्षित भएको छ । अछामको साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको गत मंसिर १५ गते छाउगोठमा निसासिएर मृत्यु भएको घटनामा प्रहरीले बिहीबार उनका जेठाजु छत्र रावतलाई सोधपुछका लागि पक्राउ गरेको छ ।
पार्वतीका श्रीमान् र सासू–ससुरा कामका लागि भारतमा भएकाले उनी जेठाजु–जेठानीसँग बस्दै आएकी थिइन् । यसअघि तुर्माखाद–३ की गौरी बुढा, गाज्राकी रोशनी तिरुवा, रिडिकोटकी शर्मिला भूल, ढकारीकी लक्ष्मी बुढा, बारलाकी झुमादेवी शाही, वीरपथकी डिक्रादेवी ढकाल, पायलकी रतनदेवी विक, झुप्री ढोली र पार्वती दमाई, नाडाकी हंशा जैशी र रानीवनकी हंशदेवी जोशीलगायत दर्जनभन्दा बढीले छाउगोठमै ज्यान गुमाइसकेका छन् ।

त्यसबेला त यो कानुन पनि थिएन, त्यसैले उनीहरूले न्याय पाउने सम्भावना भएन । अब त अपराध संहिता लागू भएको छ, तर पछिल्लो घटनामा दोषीमाथि कानुनी सजाय हुन्छ या हुँदैन, त्यो भने हेर्न बाँकी छ ।

छाउ प्रथा हटाउनलाई सायद कानुनले मात्र पुग्दैन, चेतनाको युद्ध नै सुरु गर्नुपर्छ किनभने अछामका साबिकका ७५ मध्ये ३१ गाविस छाउगोठमुक्त घोषणा भएका छन्, तर यी गाउँ कागजमा मात्र मुक्त भएका छन् । महिला र किशोरीले अझै उस्तै दु:ख पाइरहेका छन् ।

छाउपडी गोठमा बसेका महिला र आमाका साथमा भएका बच्चाको निसासिएर, निमोनिया भएर, कठ्यांग्रिएर ज्यान गइरहेको छ । छाउ हुँदा आमा र बच्चाले दूध, दही खान नहुने भन्ने गलत मान्यताका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै, बालबालिका पनि कुपोषणको सिकार बन्नुपरेको छ ।
कतिपय अवस्थामा महिला बलात्कारको सिकार हुनुपरेको छ । मैले सानामा जे भोगेँ, त्यो नियति अहिले पनि अधिकांशले भोग्नुपर्छ ।
पुसको महिना, रातको १ बजे पहिलोपटक महिनावारी भएको त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ ।
यही समाजमा हुर्के–बढेकी म पनि छाउपडी बार्ने चलनबाट कहाँ अछुतो रहन्थेँ र १ त्यतिबेला ज्यानको जोखिम मोलेर बन्द, होचो छाउगोठमा बस्नु हुँदैन भन्ने पनि थाहा थिएन । पहिलोपटक महिनावारी भएकी छोरीले बुबा, दाइ, भाइको मुख हेर्नु हुँदैन भन्ने भनाइ थियो ।
त्यसैले सुरुमा त कसैलाई भनिनँ, तर पछि डर लाग्न थाल्यो । छाउ भएका बेला घर छँॅदा आगो लाग्ने, बाघ आउने, देउता रिसाउने हुन्छ भन्ने सुनेकी थिएँ । अन्तिममा भन्नैपर्ने भयो । ममी हुनुहुन्थेन, लाज मानी–मानी बुबालाई सुनाएँ ।
उहाँले टाढा नजान र तल्लो घरको अंकलको सानो गोठमा बस्न भन्नुभयो । जब म छाउगोठभित्र पसेँ, तब मलाई मृत्यु आफ्नै वरिपरि घुमेजस्तै लाग्यो । जाडो महिना, होचो गोठ, धूवाँ बाहिर जाने कुनै ठाउँ थिएन ।

त्यो रात बाँच्न पाए हुन्थ्यो भन्ने डरैडरमा पहिलो रात बित्यो । पहिलोपटक छाउ भएकी छोरीले पहिलो दिन जता बस्यो, नौ दिनसम्म त्यहीँ बस्नुपर्थ्यो । रुँदैरुँदै त्यही गोठमा बसेँ । अर्कोपटक ०५४ सालमा रेडक्रस सोसाइटीले पीपलतोलीमा निर्माण गरिदिएको छाउपडी गोठमा बस्नुपर्‍यो ।

त्यहाँ भने खासै अप्ठ्यारो थिएन । कम्तीमा २२ जना छाउ भएका महिला अँटाउने ठूलो दुइतले भवन थियो, जुन अझै पनि छ । आफूसँगै पढ्ने गाउँका धेरै साथी एकै ठाउँमा हुने भएकाले रातहरू रमाइलो गरी नै बितेका थिए, तर सबै ठाउँमा यस्तो सुविधा कहाँ उपलब्ध हुन्छ र १ धेरै महिला बस्ने भनेको एकान्तको छाउगोठमै हो ।
त्यहाँ राति के होला ? कसो होला भन्ने डर नै हुन्छ । म छाउगोठमा बस्न थालेको सात वर्ष भइसकेको थियो, एकपटक छाउगोठमै छँदा गम्भीर बिरामी भएँ । राति नै अस्पताल भर्ना हुनुपर्‍यो । केही दिन अस्पताल बसेर घर फर्केकै दिन ममा एउटा दह्रो अठोट आयो– ‘अब छाउ भएका बेला म त्यो गोठमा जान्नँ,’ मेरो मनमा विद्रोही चेत पलायो ।

अर्कोपटक महिनावारी हुँदा मैले घरकै एक कोठामा बस्न देऊ भनेर परिवारसँग माग राखेँ । परिवारको जोड गोठमै जाऊ भन्ने थियो । मैले ‘तपाईंहरूलाई देउता चाहिन्छ कि छोरी’ भन्दै अडान लिएँ ।

म गोठमा नजाने, बरु रातभर चिसामा बाहिरै बस्ने चेतावनी दिएपछि भान्छाकोठामा खाट लगाएर बस्न दिने सहमति भयो । महिनावारी हुँदा त्यसरी भान्छाकोठामा म दुई वर्षजति बसेँ । त्यतिबेला म रेडियोमा काम गर्थें ।
बिस्तारै मैले आफ्नै कोठामा बस्न पाउनुपर्ने माग गरेँ । अरूलाई सम्झाउन त्यति गाह्रो थिएन तर ममी, हजुरआमालाई सम्झाउन निकै सकस पर्‍यो । कारण, उहाँहरूलाई छाउपडी कुप्रथा हो भन्ने थाहा थिएन ।

यसलाई बार्नैपर्छ भन्ने मात्र लाग्थ्यो । ‘आफैं रेडियोमा बोल्ने मान्छे । मैले नै छाउ बारेर समाचार पढ्यो भने अरूले के भन्लान्, आफैं ठूला कुरा गर्छे, आफैं छाउ बार्ने रैछ भनेर दुनियाँले कुरा काट्छन्, मेरा बारेमा तपाईं किन सोच्नुहुन्न ?’ मैले यिनै प्रश्न ममीलाई बारबार गर्दा बल्ल ‘सहमति’ जुट्यो ।

अहिले म महिनावारी हुँदा आफ्नै कोठामा बस्दै आएकी छु तर मलाई ‘छाउपडी रिपोर्टर’को आरोप भने लाग्न छाडेको छैन । मेरो अठोट भने ‘छाउपडी कुप्रथा नहट्दासम्म लेखिरहन्छु’ भन्ने छ । कान्तिपुर  

Related Posts

प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी र श्रमिकको विरोध प्रदर्शन
ताजा समाचार

निजामती सेवा ऐन ल्याउने तयारी

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन
ताजा समाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेताहरूको सुझाव
ताजा समाचार

संसदीय समिति छल्दै प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२१ मंसिर २०७६, शनिबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२१ मंसिर २०७६, शनिबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२१ मंसिर २०७६, शनिबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२१ मंसिर २०७६, शनिबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२१ मंसिर २०७६, शनिबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२१ मंसिर २०७६, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.