बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अस्ट्रेलियाका जेलमा दुई दर्जन नेपाली!

होस्ट खबर by होस्ट खबर
२० मंसिर २०७६, शुक्रबार
176
SHARES
332
VIEWS
FacebookTwitter
अस्ट्रेलियाका जेलमा दुई दर्जन नेपाली!

यतिखेर अस्ट्रेलियाका विभिन्न जेलमा करिब दुई दर्जन नेपाली विभिन्न अभियोगमा थुनिएका छन्। कोही पुर्पक्षका लागि त कोही दोषी प्रमाणित भई जेल सजाय भोगिरहेका छन्।

जेलमा रहेका नेपालीको संख्यात्मक हिसाब गर्ने हो भने त्यसमा सबैभन्दा बढी उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थी रहेको तथ्यांकले देखाउँछ। जुन देशमा अपराध गर्यो, त्यही देशको सजाय भोग्नुपर्ने भएकाले कतिपय जानेर र कतिपय अन्जानमा जेल परेको देखिन्छन्।

पछिल्लो घटनाक्रममा दुई व्यक्तिको ज्यान जानेगरी सवारी चलाएको र मादक पदार्थ सेवन गरेका कारण स्याङ्जाका विद्यार्थी सागर भट्टराई जमानत नपाएपछि सिड्नीको जेलमै छन्। यस्तै श्रीमानलाई चक्कु हानेर मारेको आरोपमा गौतम थरकी एक युवती अहिले सिल्भरवाटर जेलमा रहेकी छिन्।

त्यति मात्र होइन, यौन दुव्र्यवहार र महिला हिंसाका कारण पनि केहि नेपाली विद्यार्थी जेलमा दिन काट्दै छन्। कामगर्ने स्टोरको बाथरुममा क्यामेरा राखेको आरोप लागेका एक नेपाली विद्यार्थी जेलको सजाय भोगी नेपाल फर्केको केही महिना मात्र भयो।

रक्सी खाएर पती पत्नीबीच भएको झगडामा महिला हिंसाको अभियोग लागेपछि तीन महिना जेल बसेर निस्केका निरज नाम परिवर्तनले कतिपय कानुनी व्यवस्था थाहा नहुँदा सजायको भागिदार भएको बताउँछन्।

सुरुमा झगडा हुँदा श्रीमतीले प्रहरी बोलाइन्, त्यसपछि श्रीमानलाई हिरासतमा लगियो। ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भनेझैं दुई दिनपछि श्रीमतीको रिस शान्त भयो। उनले श्रीमानलाई जेलबाट छुटकाराका लागि पहल गरिन्, तर सम्भव भएन।

अहिले केही नेपाली घरेलू हिंसाको चपेटामा जेलको चक्कर काट्न बाध्य छन्। यति मात्र होइन भर्खरै उच्च शिक्षा अध्ययन गर्न आएका युवा विद्यार्थीहरु नेपालझैं सम्झेर ख्यालख्यालमै केटी जिस्काउँदा प्रहरी फन्दामा पुगेका समेत घटना छन्।

अर्वन पार्कमा एक विदेशीको बच्चासँग जिस्किँदा पुलिस बोलाएपछि एक नेपाली विद्यार्थीले ठूलो कानुनी सास्ती ब्यहोर्नुपरेको थियो। प्रहरीले समातेर लगेपछि बल्ल उनले चाल पाए कि अस्ट्रेलियामा अभिभावकको अनुमति बिना बच्चा बच्चीलाई खेलाउन र बोक्न पनि पाइँदैन।

एक बर्षको मल्टीपल भिसा पाएर अस्ट्रेलिया आएका शारदा र दिपक भिसा थप्ने चक्करमा बाली पुगेर सिड्नी फर्कदा विमानस्थलमा पक्राउ परे। टुरिष्ट भिसामा आएर काम गर्ने अभिप्राय राखेको भन्दै उनीहरुको भिसा रद्द गरेर प्रहरीले प्रक्राउ गरेको हो।

कानुनी उपचार सम्भव भएपनि यस्ता विषयमा लाखौं खर्च गरेर मुद्दा मामिलामा जानु झन्झटयुक्त पनि हुन्छ।अर्काको काम गर्दागर्दै जेलको चक्कर काटेका उदाहरण हुन अर्वनका युवा विपिन थापा। एक सेक्युरिटी कम्पनीमा लेखापालको जागिर खाएका थापा कम्पनीका मालिकहरुका कारण फस्न पुगे।

उनी अहिलेसम्म पनि पुर्पक्षको लागि जेलमै छन्।  उनको संलग्नताको विषयमा प्रहरीको छानविन चलिरहेको छ। लागु पदार्थका कारण पनि केही युवा अस्ट्रेलियन जेलको चक्कर काटीरहेको पछिल्ला केहि घटनाक्रमले देखाएको छ।

एक नेपाली युवा लागु पदार्थ बेचबिखनमा समातिएपछि केही महिनादेखि जेलमा छन्। उनी लागुपदार्थ सेवन गर्दागर्दै यसको बिक्री बितरणमा फसेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन।

लागु पर्दाथको कुलतमा परेर स्टोरमा सामान चोरेको आरोपमा समेत विद्यार्थीहरु प्रहरीको फन्दामा छन्। यसअघि अर्वन क्षेत्रमा रहेको एक व्यापारिक मलमा एक हप्तामा केही नेपाली विद्यार्थी फ्रड केसमा समातिएका थिए।

लहलहैमा सामानको पैसा नतिरी स्टोर बाहिरिने क्रममा उनीहरु पक्राउ परेका हुन्।हात हाल्नुलाई यहाँका कानुनले ठुलो अपराधको रुपमा लिने गर्छ। तर नेपाली युवाहरु साना तिना कुरामै हात हालेर झैझगडा गर्दा जेल पुगेका छन्।

पछिल्लो घटनाक्रममा टाउनहलमा बाटो काट्दै गर्दा भएको झडपमा एक नेपाली युवा जेलमा पुगे। जेलपछि उनीहरुलाई भिसा रद्द गरेर स्वदेश पठाइने समेत गरिन्छ। यसले उनीहरुको भविष्यमा नै असर पार्छ।

टाउनहलको म्याकडोनाल्डमा भएको झैझगडामा संलग्न एक नेपाली विद्यार्थीलाई पक्राउ गरी नेपाल फर्काइएको थियो। अस्ट्रेलियनहरु कराउँछन्, चिच्चाउँछन् तर हात भने हाल्दैनन्, किनभने हात हाल्नु अपराध हो भन्ने विषयमा उनीहरु जानकार छन्।

प्राय उच्च अध्ययन गर्न आउने विदेशी विद्यार्थी जानीनजानी , नबुझेर अनी लहलहैमा कानुनी अप्ठेरोमा पर्ने गरेको सिड्नीका कानुन व्यवसायी शम्सेरसिंह थापा बताउँछन्। ‘पछिल्ला दिनमा कयौं झमेलामा नेपालीहरु फसेको देखिन्छ, यसलाई रोक्न जागरण अभियान र परामर्शको खाँचो छ’, थापाले भने। सेतोपटी

Related Posts

युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
अन्तर्राष्ट्रिय

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन
ताजा समाचार

अनेरास्ववियूद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रदर्शन

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२० मंसिर २०७६, शुक्रबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२० मंसिर २०७६, शुक्रबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२० मंसिर २०७६, शुक्रबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२० मंसिर २०७६, शुक्रबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२० मंसिर २०७६, शुक्रबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२० मंसिर २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.