बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘साथीहरूले हेपेर खेल्न सिकेकी थिएँ, पछि साथीहरू नै डराउन थाले’

होस्ट खबर by होस्ट खबर
२० मंसिर २०७६, शुक्रबार
393
SHARES
341
VIEWS
FacebookTwitter
‘साथीहरूले हेपेर खेल्न सिकेकी थिएँ, पछि साथीहरू नै डराउन थाले’

तेक्वान्दो खेलाडी सिना मादेन लिम्बूको सपना थियो- अन्तर्राष्ट्रिय पदक जित्ने। सोमबार स्वर्ण पदक जितेर सपना पूरा हुँदा उनका आँखा चम्किरहेका थिए।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो पुम्से, महिला १७–२३ वर्ष विधामा स्वर्ण जितेकी सिना हातमा नेपाली झन्डा बोकेर हाँसिरहेकी थिइन्।

१९ वर्षे सिना तेक्वान्दोमा महिलातर्फ स्वर्ण जित्ने सबभन्दा कम उमेरकी खेलाडी हुन्। सागमा पुम्से र सिना दुवै पहिलोपटक देखिएका हुन्। पुम्सेमा हात र खुट्टाबाट तेक्वान्दो सीप देखाइन्छ। यसमा शरीर सन्तुलन, किकको उचाइ, रिदम, बक्सिङ, ब्लक सबै पर्छन्।

एक मिनेटभित्र जसले सबै सीप राम्ररी प्रस्तुत गर्छ, उही विजेता। यसमा कुल १० अंक हुन्छ। खेलाडीले जतिपटक बिगार्छन्, अंक घट्दै जान्छ। सिनाले ८.१५ अंक ल्याएर स्वर्ण हात पारेकी हुन्। उनकी प्रतिस्पर्धी भारतकी रुपा बायोराले ८.१३ अंक ल्याइन्।

‘मेरो प्रतिस्पर्धीको प्रस्तुति पनि निकै राम्रो थियो। अन्तिममा उनी असन्तुलित भएर बिग्रियो,’ सिनाले भनिन्। सानो छँदा आफू एकदमै शान्त र सोझी भएको बताउने सिना कसरी तेक्वान्दोमा जोडिइन् त?

‘सानोमा मलाई प्रायः साथीहरूले हेप्थे, पिट्थे। म सोझी थिएँ, रूँदै घर जान्थेँ,’ सिना बाल्यकाल सम्झिँदै भन्छिन्, ‘धेरैपटक ममी नै गुनासो लिएर स्कुल जानुभयो। पछि हेपाइबाट बच्न तेक्वान्दो सिकाउनुभयो।’

धरानमा जन्मे-हुर्केकी सिना तेक्वान्दो सिक्न सुरू गर्दा ११ वर्षकी थिइन्। तेक्वान्दो थालेपछि डर सदाका लागि हराएको उनी बताउँछिन्। ‘मेरो डर त हरायो, बरू साथीहरू नै मलाई देखेर डराउन थाले,’ उनले भनिन्।

 

उनी तेक्वान्दोमा लाग्नुको कारण साथीहरूको हेपाइबाट बच्नु मात्र होइन। यसमा उनको बुबाको ‘लिगेसी’ पनि छ। सिनाका बुबा धरानमै तेक्वान्दो सिकाउँथे। उनका दुई दिदी पनि तेक्वान्दोमै आबद्ध छन्। सिनाले प्लस-टुसम्म धरानै पढिन्। प्राथमिकतामा भने खेल नै राखिन्।

कक्षा १२ को बोर्ड परीक्षा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सँगसँगै हुँदा उनले खेल नै रोजेकी थिइन्। कलेजको सहयोगका कारण पछि परीक्षा दिन पाएको उनी बताउँछिन्। करकापले सुरू गरेको भए पनि यो खेलयात्रा सिनालाई रमाइलो लाग्छ।

धरान हुँदा उनले तेक्वान्दो फाइटिङ र पुम्से दुवै सिकेकी थिइन्।राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियन खेल्न काठमाडौं आएकी सिनाले यसलाई निरन्तरता दिइन्।

सन् २०१८ बाट उनी पूर्ण रूपले पुम्सेमै लागिन्। यही वर्ष तेक्वान्दोका एकभन्दा बढी क्षेत्रमा लाग्न नपाइने नियम आएको थियो। ‘पहिले फाइटिङमा पनि धेरै पटक जितेकी थिएँ,’ उनले भनिन्, ‘बढी रूचि पुम्सेमा भएकाले मैले यही रोजेँ।’

थुप्रै राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा सहभागी सिनाले विदेशी खेलाडीबाट तालिम लिएकी छन्। सन् २०१८ मा इन्डोनेसिया पुगेकी उनले जित त हासिल गरिनन्, तर त्यहाँका खेलाडीबाट चारदिने तालिम पाइन्। यो उनका लागि जितभन्दा कम थिएन।

त्यस्तै, मलेसियाका राष्ट्रिय तेक्वान्दो खेलाडीबाट उनले २२ दिन तालिम पाइन् भने कोरियामा दुईपटक तालिमका लागि पुगिसकेकी छन्। राखेपको खेलपछि मात्रै उनले राष्ट्रिय टिमबाट खेल्न सुरू गरेकी हुन्।

१९ वर्षमै स्वर्ण जित्दा उनी आफ्ना लागि भन्दा बुबाका लागि खुसी छिन्। भन्छिन्, ‘अन्तर्राष्ट्रिय पदक भित्र्याउने सपना मेरोभन्दा बढी बाबाको थियो। सागको स्वर्णसँगै बाबा र पूरै परिवारको सपना पूरा भएको छ।’

 

आमिर खानको फिल्म ‘दंगल’ को सन्दर्भ जोड्दै उनी भन्छिन्, ‘दंगल रिलिज हुँदा हामीलाई हाम्रै कथाजस्तो लागेको थियो। हाम्रो बुबाले पनि हामी तीनै छोरीलाई खेल्न सिकाउनुभयो। कोहीभन्दा कम नहून् भन्ने उहाँ चाहनुहुन्छ।’ सिनाको खेल हेर्न सोमबार उनका बुबा पनि उपस्थित थिए।

‘वर्षौंदेखि दिनरातको मिहिनेत थियो। स्वर्ण हात पार्छु भन्ने विश्वास थियो, सँगै डर पनि। नतिजा प्रतीक्षाको क्षणमा एकदमै सुन्य महशुस गरेकी थिएँ। आँखा बन्द गरेर कामिरहेकी थिएँ। घोषणापछि पनि एकछिन आँखा खोल्न सकिनँ,’ खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो।

तेक्वान्दोबाहेक नृत्यमा रमाउने भए पनि सिनाले यसलाई निरन्तरता दिन सकेकी छैनन्। उनी पढाइमा आफूलाई औसत मान्छिन्। खेल नै प्राथमिकता भएकाले अरूमा ध्यान दिन नपाउने उनी बताउँछिन्।

खेलमा सधैं जित हुन्छ भन्ने छैन। सिनाले पनि धेरै हारको स्वाद पाएकी छन्। ‘खेलमा हार भए गल्तीहरू मनन गर्दै मिहिनेत गरिन्छ,’ उनी भन्छिन्।

तेक्वान्दो महिला खेलाडीमा सबभन्दा सानी सिना सबैकी प्यारी छिन्। गुरू नर्बु लामाका कारण आफू यो उचाइमा पुगेको उनलाई लाग्छ। एसियाली खेलका लागि उनले नर्बुबाटै प्रशिक्षण लिएकी थिइन्। सागमा भने गुरू नवीनकुमार श्रेष्ठ थिए।

सिना आफ्नो भविष्यमा स्पष्ट छिन्- तेक्वान्दो, पुम्सेमा नै खेलाडीका रूपमा परिचित हुने। उनी आफूलाई प्रशिक्षक हुने रहर भने नभएको बताउँछिन्। भन्छिन्, ‘सकुन्जेल खेलाडीकै रूपमा चिनिन चाहन्छु। कुनै क्षेत्रमा पाइला राखिसकेपछि त्यही क्षेत्रमा केही गरेर देखाउनुपर्छ।’ सेतोपटी

Related Posts

फिफाले उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने निर्णय गर्यो
खेलकुद

नेपालको फुटबल वरीयता खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
खेलकुद

एन्फा अध्यक्षमा शेर्पा पराजित, प्रशिक्षक अल्मुताइरी बिदा हुनसक्ने

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन
खेलकुद

तिर्थकुमारले जिते काँक्रेविहार हाफ म्याराथन

यू-१९ विश्वकप छनोटमा भुटानको सामना गर्दै नेपाल
खेलकुद

एसीसी महिला टी-२० मा आज नेपालले बहराइनसँग खेल्दै

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
अन्तर्राष्ट्रिय

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२० मंसिर २०७६, शुक्रबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२० मंसिर २०७६, शुक्रबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२० मंसिर २०७६, शुक्रबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२० मंसिर २०७६, शुक्रबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२० मंसिर २०७६, शुक्रबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२० मंसिर २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.