धनगढी : कैलालीको गोदावरी नगरपालिका–१०स्थित खमौरामा रहको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयले केरा खेती गर्दै आएको छ। शिक्षकलाई तलब खुवाउन विद्यालयले डेढ दशकदेखि केरा खेती गर्दै आएको हो।
२०५१ सालमा स्थापना भएको यो विद्यालयमा कुनैपनि स्थायी दरबन्दी छैन। केरा खेतीबाट उठेको पैसाले नै विद्यालयले शिक्षकहरुलाई तलब खुवाउँदै आएको छ। केरा उत्पादन गर्ने जिम्मा स्थानीय लिलावती सिंहले लिएकी छन्।
‘चार वर्षका लागि विद्यालयको जमिन भाडामा लिएर केरा खेती सुरु गरेको हो’, उनले भनिन्,‘केरा उत्पादनबाट आम्दानी भएको वार्षिक ९५ हजार विद्यालयलाई दिने सहमती भएको छ।’
स्थायी दरबन्दी नभएपछि विद्यालयमा निजीबाट शिक्षक राख्नु परेको विद्यालयका प्रधानाध्यापक अमृता मल्लले बताइन्। विद्यालयले पहलमा केरा खेती सुरु गरेको हो।
यो वर्षबाट विद्यालयले आफ्नो केरा खेती वार्षिक ९५ हजार ठेक्कामा दिएको छ। विद्यालयमा ३ जना राहत, २ जना निजी र २ जना बाल शिक्षक रहेका छन्। कूल ९२ जना विद्यार्थी भएको विद्यालयमा निम्न आय भएका परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन्। अन्नपूर्ण