सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

मूर्ति कुँदेर राष्ट्रियता खोज्दै

होस्ट खबर by होस्ट खबर
२० मंसिर २०७६, शुक्रबार
565
SHARES
327
VIEWS
FacebookTwitter
मूर्ति कुँदेर राष्ट्रियता खोज्दै

चितवन : नेपाल–भारत सीमा क्षेत्रमा रहेको सोमेश्वर पहाड। त्यहीँ नजिकको सोमेश्वरमा मूर्तिकार दिनेश्वर महतो ढुंगामा राष्ट्रियता कोर्न व्यस्त छन्। बिहान ८ बजेदेखि साँझ अबेरसम्म उनी ढुंगामा समर्पित हुन्छन्।

अग्लो पहाडको ठूलो ढुंगामा चन्द्रसूर्य अंकित झन्डा बनाएका छन्। झन्डाको माथि सगरमाथा र छेउमा मुठ्ठी पारेको हात। माडी–४ सिधुवाका उनी देशको सीमा दुखिरहेका बेला मूर्तिमा देश खोजिरहेका छन्।

सोमेश्वरगढीको फेदीमा दिनेशले कुँदेको मूर्ति देख्ने जो कोहीलाई राष्ट्रियताको भाव जगाउँछ। उनले मूर्तिबाट एकताको सन्देश दिन खोजेका छन्। ‘सिमानामा पुग्दा दिमागमा राष्ट्रियताको सोच आयो’, दिनेश्वरले भने, ‘नेपालीको एकतालाई देखाउन खोजेको हुँ।’

उनले चारवटा मूर्ति बनाएका छन्। विष्णुचक्रसहितको धार्मिक महत्त्व बोकेको शालिग्राम, थारू महिलाको अनुहार र एउटा अमूर्त मूर्ति बनाएका छन्।माडीको सोमेश्वरगढीको फेदीमा रहेको चिसापानी–गोलपार्कमा मूर्तिकारहरू व्यस्त छन्। ढुंंगालाई आकार दिन भ्याइनभ्याइँ छ। हरेक मूर्तिकार ‘ग्र्यान्डर’, छिनो, ‘ह्याम्मर’ ले हानेर ढुंंगामा आकार दिँदै छन्।

अघिपछि खासै वास्ता नहुने ढुंगामा कलाकारले जीवन दिएका हुन्। ढुंगामा कलाकारले आफ्नो कला पस्किएका छन्। रौतहटका राजन काफ्लेले आफ्नो २५ वर्षको कला अनुभव उतार्दैछन्। प्रकृति र आध्यात्मलाई जोडेका छन्।

ढुंगाको एउटा पाटोमा प्रकृति झल्किने रूखका पात बनाएका छन्। अर्कोतर्फ प्रेमको संकेत दिने मुटु देखाएका छन्। ‘प्रकृति र आध्यात्मलाई मोडर्न तरिकाले प्रस्तुत गर्न खाजेको छु’, काफ्लेले भने, ‘दुवै पाटोको समि श्रण कल्पाना गरेर बनाएको हुँ।’

२९ जना कलाकारले मूर्ति कुँदिरहेका छन्। डाँडामा रहेको ठूलो ढुंगामा राष्ट्रियता कोर्न १८ दिनदेखि उनीहरू कस्सिएका छन्। उनीहरू गढीको मनमोहक प्राकृतिक सौन्दर्यतामा रमाउँदै त्यसैमा मूर्ति कँुदिरहेका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख लालकाजी लामा आठ फिट अग्लो ढुंगा फोडेर शिव पार्वतीको प्रेम झल्कने मूर्ति कुँदिरहेका छन्। ‘गढीको धार्मिक महत्त्व दर्शाउने मूर्ति तयार गरेको छु’, लालकाजीले भने, ‘प्रेमको भाव बुझाउनेछ।’

माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागको आयोजनामा कात्तिक २३ गतेबाट राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला गरिएको हो।

‘गढी चिनाउन मूर्तिको खाँचो देख्यौं’, ललितकला प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष दामोदर बरालले भने। मानवीय संवेदना, राष्ट्रियता र ऐतिहासिक महत्त्व झल्काउने मूर्ति बनिरहेको छ।

सोमेश्वरगढी नेपाल भ्रमण वर्ष २०२० का सूचीकृत एक सय गन्तव्यमध्ये एक हो। माढीका मेयर ठाकुरप्रसाद ढकालले माडीको मुख्य पर्यटकीय गन्तव्यका रूपमा सोमेश्वरगढीमा पर्यटन पूर्वाधार विकास गरिने बताए। अन्‍नपूर्ण

Related Posts

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाचार

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

पहिले बेचियो बालुवा पछि खोलै बिक्री
समाचार

पहिले बेचियो बालुवा पछि खोलै बिक्री

पैसाबाट कोरोना सर्ने सम्भावना बढी
समाचार

पालिकाले दिनथाले एकल पुरुषलाई भत्ता

काठमाडौंको चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार
समाचार

एसिड पीडितलाई १ करोड क्षतिपूर्तिः अझै भएन रकम दाखिला

सरकारले अध्यागमन कार्यविधि संशोधन गर्‍यो
समाचार

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

२० मंसिर २०७६, शुक्रबार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

२० मंसिर २०७६, शुक्रबार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

२० मंसिर २०७६, शुक्रबार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

२० मंसिर २०७६, शुक्रबार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

२० मंसिर २०७६, शुक्रबार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

२० मंसिर २०७६, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.