बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

छाउगोठमा मृत्यु भएकी पार्वतीका जेठाजु राउत पक्राउ

होस्ट खबर by होस्ट खबर
१९ मंसिर २०७६, बिहीबार
536
SHARES
456
VIEWS
FacebookTwitter
छाउगोठमा मृत्यु भएकी पार्वतीका जेठाजु राउत पक्राउ

अछाम : मंसीर १६ गते छाउगोठमा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्वतीका जेठाजु छत्र राउतलाई आज पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

उनले प्रहरी प्रधान कार्यालय र सरोकारकावाला निकायसँगको छलफलपछि जेठाजु राउतलाई पक्राउ गरेको जानकारी दिए । मुलुकको प्रचलित कानूनले महिनावारीको समयमा छाउगोठमा बसाउनुलाई गैरकानुनी मान्छ ।

अहिलेसम्म कानून बने पनि कार्यान्वयन हुन सकेको थिएन । तर, १६ मंसीरमा अछाममा छाउगोठमै २१ वर्षीया पार्वतीले ज्यान गुमाएपछि पहिलोपटक प्रहरीले कानून कार्यान्वयनमा अग्रसरता देखाएको छ ।

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा ’महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन’ भनिएको छ ।

सो दफा अनुसार छाउगोठमा बस्नु पनि दण्डनीय हो । परिवारका सदस्यहरूले जाहेरी नदिए पनि प्रहरीले आफ्नो प्रतिवेदनकै आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

“अहिले जेठाजु मात्रै पक्राउ परेका छन”, डीएसपी शाहीले भने, “अनुसन्धान गर्दै जाँदा अरू कोही दोषी देखिए उनीहरू पनि पक्राउ पर्छन् ।” मृतक पार्वतीका श्रीमान, सासुससुरा भने रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् ।

मुलुकी अपराध संहिता अनुसार यो कसूरमा ३ महीना जेल र ३ हजार रूपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ । पछिल्लो १० वर्षमा अछाममा १४ महिला र बाजुरामा १ महिलासहित ३ जनाको छाउगोठमा मृत्यु भइसकेको छ ।

महिनावारी हुँदा घरमा बस्न बन्देज लगाउने कु–प्रथाका कारण महिलाले अनाहकमा ज्यान गुमाइरहेका छन् । छाउगोठमा मृत्यु भएका घटनामध्ये अघिकांश निसास्सिएर, सर्पको टोकाई र आगलागीका कारण भएका छन् ।

यसअघि अछामको तुर्माखाद गाउँपालिकामा पार्वती बुढा, गौरी बुढा, रोशनी तिरुवा, डम्मरा उपाध्याय, शर्मिला भुसाल र लक्ष्मी बुढाले पनि छाउगोठमै जीवन गुमाउनु परेको थियो ।

त्यस्तै, अछाममै झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली, पार्वती धामी, हंशा जैसी र हंशादेवी जोसीको पनि छाउगोठमा नै मृत्यु भएको थियो ।

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१९ मंसिर २०७६, बिहीबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१९ मंसिर २०७६, बिहीबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१९ मंसिर २०७६, बिहीबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१९ मंसिर २०७६, बिहीबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१९ मंसिर २०७६, बिहीबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१९ मंसिर २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.