बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

११ ठाउँमा गढीमाई मेला

होस्ट खबर by होस्ट खबर
१९ मंसिर २०७६, बिहीबार
173
SHARES
327
VIEWS
FacebookTwitter
११ ठाउँमा गढीमाई मेला

रौतहट: प्रदेशको ३ जिल्लाका ११ ठाउँमा पञ्चवर्षीय गढीमाई मेला लागेको छ । गढीमाईको प्रसिद्धिका कारण मध्यतराईका रौतहटको सात, सर्लाहीको दुई र बाराको दुई गरी एघार स्थानमा मेला लागेको हो ।

मेला क्षेत्रमा ठूलो भीड लागेको छ । मेला भर्न छिमेकी भारतबाट समेत भक्तजन आइरहेका छन् । रौतहटको सुन्दरपुर र बाराको बरियारपुरको गढीमाई मेलामा बलि दिनेको ठूलो भीड लागेको छ । ५ वर्षमा बाराको बरियारपुर र जितपुरमा गढीमाई मेला लाग्दै आएको हो ।

रौतहटको गढीमाई नगरपालिकाको तीन स्थानमा ठूलो मेला लागेको छ । बलुवा, सुन्दरपुर, मदनपुर, हरैयामा गढीमाईको धुमधामको साथ मेला लागेको छ । गुजरा नगरपालिकाको कनकपुर, गरुडाको दुधियाभार, माधव नारायणको माधोपुरमा गढीमाईको नामले मेला लाग्ने गरेको छ । सर्लाहीको मिर्जापुर र खौर्वा गाउँमा समेत एउटै तिथिमा गढीमाई मेला लाग्ने गर्छ ।

बाराको बरियारपुर र सुन्दरपुर गाउँमा महिनाअघि नै गढीमाइको मेला सुरु भइसकेको छ । अन्य स्थानमा मंसिर १६ देखि २१ गतेसम्म तान्त्रिक विधिद्वारा पाँच दिनसम्म मेला लाग्ने गर्छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर–२ स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ ।
पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन् । यसका लागि भारतबाट ठूलो संख्यामा भक्तजनहरू बलि दिन पशु लिएर आउँछन् ।
मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लाग्ने गढीमाई मन्दिरका अध्यक्ष दीपेन्द्र यादवले सर्लाही, महोत्तरी र छिमेकी भारतको विहारका सर्वसाधारणहरूको समेत मेलामा ठूलो घुइँचो लागेको बताए ।
‘मेलामा १ हजार ५ सय राँगा र १० हजारभन्दा बढी बोकाबलि दिईएको यादवले जनाए । यो मेलामा पनि बलि दिनेको संख्या बर्सेनि बढ्दै गएको छ ।

मेलाका लागि भारतबाट सर्कससमेत प्रदर्शन भइरहेको छ । गढीमाई मेलाको एक महिनाअघिदेखी चहलपहल हुने गरेको नगरपालिकाका मेयर श्याम यादवले बताए ।
‘बाराको गढीमाईजस्तै यो मेला पनि प्रसिद्ध हुँदै गएको छ,’ उनले भने, ‘भारतबाट ठूलो संख्यामा मेलामा बलि चढाउन आउँछन् । यहाँको पनि छुट्टै पहिचान छ ।’ मेला भर्न आउनेका चाप बढेपछि नगरपालिकाले त्यस क्षेत्रको २० स्थानमा खानेपानी जडान गरेको छ ।
सार्वजनिक शौचालय, उज्यालो लाइटको व्यवस्थासमेत गरेको छ । नेपाल, भारतलगायतका अन्य स्थानबाट विभिन्न खेल तमासा देखाउनेहरू समेत मेलामा व्यापार गरिरहेका छन् ।

शान्ति सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । मधेसका जिल्लामा मेलाको निकै महत्त्व हुन्छ । यो जिल्लामा कार्तिकेश्वर मेला निकै लोकप्रिय छ ।
थारू समुदायले समेचकवाको अवसर पारेर चन्द्रपुर ८ सन्तपुरमा कार्तिर्केश्वर मेला लगाउने गर्छन् । दीपावली र छठपछि बर्सेनि यहाँ मेला लाग्ने गर्छ । कान्तिपुर  

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी
समाचार

राष्ट्रिय गौरवका आयोजना बन्द गरेर आन्दोलन गर्ने चेतावनी

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

समाचार

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

संसदमा प्रधानमन्त्रीलाई नैतिक हुन र राजिनामा दिन दलहरुको दबाब
ताजा समाचार

प्रतिनिधिसभा बैठकः आज मन्त्रीहरुले जवाफ दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

१९ मंसिर २०७६, बिहीबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

१९ मंसिर २०७६, बिहीबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

१९ मंसिर २०७६, बिहीबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

१९ मंसिर २०७६, बिहीबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

१९ मंसिर २०७६, बिहीबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

१९ मंसिर २०७६, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.