सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नक्कली गरिमा धानको क्षति मूल्याङ्कन नक्कली गरिमा धानको क्षति मूल्याङ्कन

होस्ट खबर by होस्ट खबर
१८ मंसिर २०७६, बुधबार
274
SHARES
375
VIEWS
FacebookTwitter
नक्कली गरिमा धानको क्षति मूल्याङ्कन नक्कली गरिमा धानको क्षति मूल्याङ्कन

चितवन : चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्याङ्कन गरेको हो ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, “हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छौँ ।

क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।”केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्याङ्कन गरेको छ ।

बालिको लागत अनुमानको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३१७ क्षतिको मूल्याङ्कन गरिएको पौडेलले जानकारी दिए । यसमा प्रतिकट्ठा लागत मूल्य रु तीन हजार ६३५ मूल्याङ्कन गरिएको छ ।

बीमा नीतिको आधारमा रु छ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्याङ्कन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु तीन हजार ६३५ नै मूल्याङ्कन गरिएको छ ।

उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्याङ्कन गरिएको उनले जानकारी दिए । यसमा प्रतिकट्ठा रु पाँच हजार ११६ मूल्याङ्कन गरिएको छ ।

कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २७२ बिघा क्षेत्रफलको रु पाँच हजार ११६ का दरले रु १३ लाख ९१ हजार ७३३ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।  यसैगरी राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा लगाइएको धानको रु तीन लाख ८८ हजार ८६६ क्षति मुल्याङ्कन गरिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिकाको छ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार रु तीन करोड नौ लाख चार हजार ६६६, खैरहनी नगरपालिकाको चार हजार १११ बिघा क्षेत्रफलको रु दुई करोड १० लाख ३८ हजार ९८३, कालिका नगरपालिकाको एक हजार ६८ बिघाको रु ५४ लाख ६७ हजार १५८ क्षति मूल्याङ्कन गरिएको छ ।

यसैगरी रत्ननगर नगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड ६० लाख १८ हजार ९०१, भरतपुर महानगरपालिकाको तीन हजार २७५ बिघाको रु एक करोड ६७ लाख ६१ हजार ७४ क्षति मूल्याङ्कन गरिएको छ ।

यस्तै माडी नगरपालिकाको दुई हजार २९८ बिघामा रु एक करोड १७ लाख ५८ हजार १०० क्षति मूल्याङ्कन भएको छ । केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्याङ्कन गरेको छ ।

मनोहरी गाउंँपालिकामा २७२ कठ्ठा क्षेत्रफलमा रु नौ लाख ८८ हजार ७१२ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा रु दुई लाख ७६ हजार २५८ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

यसैगरी राप्ती नगरपालिकाको छ हजार ४० कट्टा क्षेत्रफलको रु दुई करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्याङ्कन भएको छ ।

यसैगरी रत्ननगर नगरपालिकामा तीन हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्याङ्कन गरेको छ । माडी नगरपालिकाका दुई हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट दुई हजार ६९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । दुई जिल्लामा गरी ६७५ हेक्टरमा यो धान लगाइएको थियो ।

गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित वनेका छन् ।

Related Posts

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
अर्थ खबर

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

भेरीगंगाले ल्यायो ६७ करोडको बजेट
अर्थ खबर

भेरीगंगाले ल्यायो ६७ करोडको बजेट

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
अर्थ खबर

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

प्रदेशको ३७ र स्थानीय तहको खर्च ५० प्रतिशत मात्रै
अर्थ खबर

आज ७५३ स्थानीय सरकारले बजेट सार्वजनिक गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१८ मंसिर २०७६, बुधबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१८ मंसिर २०७६, बुधबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१८ मंसिर २०७६, बुधबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१८ मंसिर २०७६, बुधबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१८ मंसिर २०७६, बुधबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१८ मंसिर २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.