बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भन्सारबाटै भित्रिन्छ अवैध मासु भन्सारबाटै भित्रिन्छ अवैध मासु

होस्ट खबर by होस्ट खबर
१८ मंसिर २०७६, बुधबार
171
SHARES
322
VIEWS
FacebookTwitter
भन्सारबाटै भित्रिन्छ अवैध मासु भन्सारबाटै भित्रिन्छ अवैध मासु

काठमाडौं : सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ । कुखुराको मासुमा मुलुक करिब करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन् ।

वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ ।

दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको रु ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो । करिब पाँच(सात वर्ष अघि यसैगरी अवैधरुपमा भित्रिएको एक कन्टेनर मासु धादिङ्को धार्केमा नष्ट गरिएको थियो । त्यसपछि यति ठूलो परिमाणको मासु बरामद नभएको पशुसेवा विभागका वरिष्ठ पशु अधिकृत डा चन्द्र ढकाल बताउछन् ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको १२ हजार किलो मध्ये दश हजार ८०० किलो कुखुराको मासु भेटिएको थियो । बाँकी हाँस, माछा, राँगाको मासु रहेको जनाइएको छ । सञ्चय गर्न नसकिने भएकाले मासुलाई खाल्डोमा हालेर नष्ट गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

मासु आयातमा भन्सार कर्मचारीकै मिलेमतो रहेको आशङ्कामा विभागले अनुसन्धान केन्द्रित गरेको छ । “कुन तहको सहभागिता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ, अहिले कर्मचारीको बयान लिने काम भइरहेको छ”, एक अनुसन्धान अधिकृतले भने ।

उक्त मासु भारतको गुजरातबाट ल्याइएको हो । त्यहाँबाट वीरगञ्ज या भैरहवा नाका हुँदै मासु आउनुपर्नेमा २५० किलोमिटर टाढा पर्ने सर्लाहीको मलङ्गवा नाकाबाट मासु भित्रिएको छ । अन्य नाकाबाट नसक्ने देखेपछि उनीहरुले मलङ्गवा नाका रोजेको विभागका एक अनुसन्धान अधिकृतको दावी छ ।

उनीहरुले ‘एसी भ्यान’ मा राखेर मासुसँगै आलु चिप्सलगायतका खाद्य वस्तु भित्र्याएका थिए । अन्य चिजवस्तु न्यून देखाएर भन्सार छलेको र मासु भने अवैधरुपमा भित्र्याएको पाइएको छ । मासु आयातमा प्रयोग भएको दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ ।

मासु आयातमा सङ्लग्न चार जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागका महानिर्देशक मैनालीले बताए । राजश्व छलीको आरोपमा पक्राउ पर्नेमा सिआर ट्रेडिङका सञ्चालक सर्लाहीकी रिङ्कु चौधरी र काठमाडौँको दीपज्योति इन्टर प्राइजेजका वासुदेव मरहठ्ठा छन् । एउटा गाडीका चालक र सहचालक पनि पक्राउ परका छन् भने एक चालक फरार रहेको विभागले जनाएको छ ।

सामान कात्तिक २० गते भित्रिएको हो । उनीहरुले मलङ्गवाबाट सामान भित्र्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि विभागको टोली खटिएको थियो । सर्लाहीबाट सामान भित्रिएपछि विभागको टोलीले पिछा गरेका थिए । थानकोट नाका भित्रिएपछि सामान नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरिएको हो । विभागले गाडी मूल्याङ्कनको चरणमा पठाएको छ भने मासुबाहेकका अन्य सामान रु ७० लाखमा लिलाम गरेको छ ।

“सामान ल्याउँदा भन्सार घोषणा गर्नुपर्छ तर कुनै पनि प्रक्रिया पुर्‍याइएको पाइएन, सोझै आर्थिक अपराध गरेको देखिन्छ”, महानिर्देशक मैनालीले भने । उक्त कम्पनीले यसअघि पनि ८÷१० पटक यसैगरी सामान आयात गरेको देखिएको छ ।

उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को कसुर गरेको आरोपमा मुद्दा चलाउने तयारी गरिएको विभागले जनाएको छ । दोषी प्रमाणित भए बिगो असुल गरी दोब्बर जरिवाना तथा तीन वर्षको कैद सजाय हुनेछ ।

विभागले राजश्व छलीमा मात्रै गत डेढ वर्षको अन्तरालमा सय जना विरुद्ध रु सात अर्ब बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाएको छ । चालू आर्थिक वर्षमा मात्रै रु दुई अर्ब बिगो बराबरको राजश्व छलीमा मु्द्दा चलाएको छ ।

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
अर्थ खबर

नारा मितव्ययी, व्यवहार फजुलखर्ची

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
अर्थ खबर

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

भेरीगंगाले ल्यायो ६७ करोडको बजेट
अर्थ खबर

भेरीगंगाले ल्यायो ६७ करोडको बजेट

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न
अर्थ खबर

गुर्भाकोट र लेकबेशीको ११ औँ नगरसभा सम्पन्न

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१८ मंसिर २०७६, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१८ मंसिर २०७६, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१८ मंसिर २०७६, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१८ मंसिर २०७६, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१८ मंसिर २०७६, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१८ मंसिर २०७६, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.