काठमाडौं : १७ मंसिर । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हालसम्म १९ वटा स्वर्ण हात पारिसकेको छ । घरेलु टोली नेपालले मंगलबार थप ४ वटा स्वर्ण जितेको हो ।
नेपालले सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको थियो । मंगलबार नेपालले उसुतर्फ २, कराँतेतर्फ १ र पोखरामा भएको ट्रायथलन एक स्वर्ण थपेको छ । सोमबार नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको थियो ।
पदक तालिकामा १९ वटा स्वर्ण, ३ वटा रजत र ७ वटा कास्यसहित नेपालले २९ वटा पदक जित्दै शीर्ष स्थानमा छ । यस्तै १४ वटा पदकसहित भारत दास्रो स्थानमा छ । भारतले ३ वटा स्वर्ण जित्दा ८ वटा रजत र ३ वटा कास्य जितेको छ । यसैगरी श्रीलंका ३ वटा स्वर्ण, ७ वटा रजत र १४ वटा कास्य जितेको छ । भूटान स्वर्णबिहीन हुँदा माल्दिभ्स पदकबिहीन छ । कोशी अनलाइन